• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रश्नै प्रश्नको खात भित्र रुमलिएको मुख्य प्रश्न ?


  •    अभियान हाम्र्रो डट कम / बुधबार, मङि्सर १९, २०८१  

  • चुनावी  नतिजा , संसदीय  ब्यवस्था, कहिले उसको भागमा जनताको नासो,कहिले पुजिबादको भागमा ! बिरालोले मुसा खेलाइ खेलाइ खाए जस्तो केहि मुठ्ठी भर नवसभ्रान्त पुजीवादी हरुको कब्जामा लोकतान्त्रिक गणतन्त्र को खुलेआम बलात्कार हुदा ताली पड्काउने मुखदर्सक बन्नु मेरो लागि त एउटा ठूलो हार जस्तो भान भयो कमरेड ।

    यस्तो आसय न त जनयुद्धको थियो न त सहिदको सपना। न त हाम्रा जनबादी नाराहरु थिए न त कुनै माक्र्सवाद ,माओवाद मा लिपिबद्द थियो।

    अफसोच लागिरहेको छ, खैर हामिले जित्यौ अरे ठिकै छ। के जित्यौ त्यही एकथान पद ? कुर्सी ? या त्यही हामिले भन्दै आएको कुकुरको मासु खान पाउने एक थान सर्टिपिकेट ? के जित्यौ कमरेड ?
    के हामी संसदीय ब्यवस्थाको दलदलमा पुजिबादी फरिया लगाएर यो दलाल ब्यवस्थाको दलाल हरुसग सुत्न अब पुर्ण रुपले तयार भएकै हौ त कमरेड ?

    के हिजो हामिले देखेको मुक्ति मार्ग यहि हो त ? आउदा पिडिहरुलाइ हाम्रो जनताको जनवाद हाम्रो इतिहास र लक्ष्य कसरी परिचीत गराउने ? आखिर के का लागि थियो त त्यो बिसाल बलिदान ?
    पार्टी का आउदा कार्यक्रम र संघर्ष हरु के हुन ? के यहि लुछाचुडी मा ताली पड्काउने या धारे हात लगाउदै घर फर्कने ? यी नै हुन हाम्रा विकल्प हरु ?

    यदि २००७ मा राजतन्त्र समाप्त भएकाे भए देशमा पुजीवादी क्रान्ति उहिल्यै पुरा भैसक्ने थियाे, जाे २०३६, ०४६, ०५२, ०६२ हुदै ०७२ मा पुगेर पूरा भयाे – देशमा कल कारखाना उहिल्यै खुल्थे । बाटाे-घाटाे, स्कुल-अस्पताल उहिल्यै खुल्थे । किसानहरू उहिल्यै मजदुर बन्थे । गाउँहरू शहरसँग उहिल्यै जाेडिन्थे र माैलिक स्थानिय उत्पादनमाथि पुजिवादी बजारू उत्पादनले उहिल्यै सलह लाउथ्याे । शिक्षा र स्वास्थ्यकाे व्यापार उहिल्यै शुरू हुन्थ्याे, जाे आज भैरहेकाे छ ।
    अनि आजका मुल धारे यथास्थिति बादी हरूले भने झैं क्रान्ति सदाकाे लागि पूरा भैसक्थ्याे भनेर आफ्नै हातले क्रान्तिको घाँटी निमोठ्ने कि ? अघि बढ्ने कमरेड ?

    मेराे जिज्ञासा याे हाे कि राजतन्त्र फाल्नु नै क्रान्तिकाे पुर्णता हाेईन । राजतन्त्र भन्दा उन्नत राजनितिक प्रणाली स्थापित गर्नु क्रान्तिकाे मर्म हाे । हाे, सामन्तवादलाई पुजिवाद हुँदै विस्थापन गर्ने बाटाेलाई माक्र्सवादले स्विकार गरेकाे छ । अझ भन्ने हाे भने पुजिवादले उत्कृष्ट रचना गरेकाे `उत्पादनमा सामुहिकता´ काे सिर्जनालाई अग्रगमनकाे लागि सदुपयाेग गर्याे । तर, त्याे पुजिवादमा बसिराख्न अंगालेकाे बाटाे हाेईन । बरू त्याे सामुहिक उत्पादनकाे अग्रगामि रचनालाई सामुहिक स्वामित्वमा बदल्नु समाजवादकाे लक्ष्य घाेषित गर्याे । यसर्थ, सामुहिक उत्पादनकाे पुजिवादी पद्धतिलाई सामुहिक स्वामित्वकाे समाजवादी पद्धतिमा बदल्ने बाटाे अबकाे प्रमुख गन्तव्य हुनु नेपाली कम्युनिष्ट आन्दाेलन र विश्व कम्युनिष्ट आन्दाेलनकाे प्रमुख दायित्व हाे । यसाे भन्नुकाे मर्म हाे – शिक्षा र स्वास्थ्यलाई व्यापारबाट मुक्त गराैं, जमिनकाे स्वामित्वलाई सामुहिक हुँदै सामुदायिक बनाओैं, बजारलाई राज्यले नियन्त्रण गराैं, उद्योग राज्य नेतृत्वमा सञ्चालन गराैं, राष्ट्रघाति सन्धि सम्झाैताहरू खारेज गराैं, देश भित्र र बाहिर राखिएकाे भ्रष्टाचारको सम्पत्ति राष्ट्रियकरण गराैं ! तब, देशकाे कायापलट कति टाढा छ र ?

    त्यो भन्दा पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र पुर्णसमानुपातिक निर्वाचन प्रणाली बाट क्रान्तिको दोश्रो पाइला अघि बढाउने कि ! यथास्थानमा यथास्थितिबादी भैलो खेलिरहने कमरेड ?

    प्रसान्त भण्डारी ( जनमुक्ति सेना कमान्डर )

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.