चुनावी नतिजा , संसदीय ब्यवस्था, कहिले उसको भागमा जनताको नासो,कहिले पुजिबादको भागमा ! बिरालोले मुसा खेलाइ खेलाइ खाए जस्तो केहि मुठ्ठी भर नवसभ्रान्त पुजीवादी हरुको कब्जामा लोकतान्त्रिक गणतन्त्र को खुलेआम बलात्कार हुदा ताली पड्काउने मुखदर्सक बन्नु मेरो लागि त एउटा ठूलो हार जस्तो भान भयो कमरेड ।
यस्तो आसय न त जनयुद्धको थियो न त सहिदको सपना। न त हाम्रा जनबादी नाराहरु थिए न त कुनै माक्र्सवाद ,माओवाद मा लिपिबद्द थियो।
अफसोच लागिरहेको छ, खैर हामिले जित्यौ अरे ठिकै छ। के जित्यौ त्यही एकथान पद ? कुर्सी ? या त्यही हामिले भन्दै आएको कुकुरको मासु खान पाउने एक थान सर्टिपिकेट ? के जित्यौ कमरेड ?
के हामी संसदीय ब्यवस्थाको दलदलमा पुजिबादी फरिया लगाएर यो दलाल ब्यवस्थाको दलाल हरुसग सुत्न अब पुर्ण रुपले तयार भएकै हौ त कमरेड ?
के हिजो हामिले देखेको मुक्ति मार्ग यहि हो त ? आउदा पिडिहरुलाइ हाम्रो जनताको जनवाद हाम्रो इतिहास र लक्ष्य कसरी परिचीत गराउने ? आखिर के का लागि थियो त त्यो बिसाल बलिदान ?
पार्टी का आउदा कार्यक्रम र संघर्ष हरु के हुन ? के यहि लुछाचुडी मा ताली पड्काउने या धारे हात लगाउदै घर फर्कने ? यी नै हुन हाम्रा विकल्प हरु ?
यदि २००७ मा राजतन्त्र समाप्त भएकाे भए देशमा पुजीवादी क्रान्ति उहिल्यै पुरा भैसक्ने थियाे, जाे २०३६, ०४६, ०५२, ०६२ हुदै ०७२ मा पुगेर पूरा भयाे – देशमा कल कारखाना उहिल्यै खुल्थे । बाटाे-घाटाे, स्कुल-अस्पताल उहिल्यै खुल्थे । किसानहरू उहिल्यै मजदुर बन्थे । गाउँहरू शहरसँग उहिल्यै जाेडिन्थे र माैलिक स्थानिय उत्पादनमाथि पुजिवादी बजारू उत्पादनले उहिल्यै सलह लाउथ्याे । शिक्षा र स्वास्थ्यकाे व्यापार उहिल्यै शुरू हुन्थ्याे, जाे आज भैरहेकाे छ ।
अनि आजका मुल धारे यथास्थिति बादी हरूले भने झैं क्रान्ति सदाकाे लागि पूरा भैसक्थ्याे भनेर आफ्नै हातले क्रान्तिको घाँटी निमोठ्ने कि ? अघि बढ्ने कमरेड ?
मेराे जिज्ञासा याे हाे कि राजतन्त्र फाल्नु नै क्रान्तिकाे पुर्णता हाेईन । राजतन्त्र भन्दा उन्नत राजनितिक प्रणाली स्थापित गर्नु क्रान्तिकाे मर्म हाे । हाे, सामन्तवादलाई पुजिवाद हुँदै विस्थापन गर्ने बाटाेलाई माक्र्सवादले स्विकार गरेकाे छ । अझ भन्ने हाे भने पुजिवादले उत्कृष्ट रचना गरेकाे `उत्पादनमा सामुहिकता´ काे सिर्जनालाई अग्रगमनकाे लागि सदुपयाेग गर्याे । तर, त्याे पुजिवादमा बसिराख्न अंगालेकाे बाटाे हाेईन । बरू त्याे सामुहिक उत्पादनकाे अग्रगामि रचनालाई सामुहिक स्वामित्वमा बदल्नु समाजवादकाे लक्ष्य घाेषित गर्याे । यसर्थ, सामुहिक उत्पादनकाे पुजिवादी पद्धतिलाई सामुहिक स्वामित्वकाे समाजवादी पद्धतिमा बदल्ने बाटाे अबकाे प्रमुख गन्तव्य हुनु नेपाली कम्युनिष्ट आन्दाेलन र विश्व कम्युनिष्ट आन्दाेलनकाे प्रमुख दायित्व हाे । यसाे भन्नुकाे मर्म हाे – शिक्षा र स्वास्थ्यलाई व्यापारबाट मुक्त गराैं, जमिनकाे स्वामित्वलाई सामुहिक हुँदै सामुदायिक बनाओैं, बजारलाई राज्यले नियन्त्रण गराैं, उद्योग राज्य नेतृत्वमा सञ्चालन गराैं, राष्ट्रघाति सन्धि सम्झाैताहरू खारेज गराैं, देश भित्र र बाहिर राखिएकाे भ्रष्टाचारको सम्पत्ति राष्ट्रियकरण गराैं ! तब, देशकाे कायापलट कति टाढा छ र ?
त्यो भन्दा पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र पुर्णसमानुपातिक निर्वाचन प्रणाली बाट क्रान्तिको दोश्रो पाइला अघि बढाउने कि ! यथास्थानमा यथास्थितिबादी भैलो खेलिरहने कमरेड ?
प्रसान्त भण्डारी ( जनमुक्ति सेना कमान्डर )








