लालजित आफ्नो विगत पृष्ठभुमि गुन्डागर्दी भएपनी आजकाल राजनीतिक यात्रा संगै उप मेयरमा निर्वाचित भएपछी आफ्नो छविमा गुणात्मक सुधार आएको थियो।
बिपक्षी पार्टीको भएपनी मेयर बिक्रम जङ्ग संग निकै राम्रो सम्बन्ध थियो पारिवारिक भेटघाट ओहोरदोहोर हुन्थ्यो यसो भनौं यो सम्बन्ध राजनीतिक भन्दा माथि पारिवारिक जस्तै थियो।सडक दुर्घटनामा परि मेयरको मृत्युले धेरैनै दुखी थिए उनि । कार्यबाहक मेयर भएपछि हरेक कार्यक्रममा आफ्नो मनतव्य राख्दा दिवङ्गत मेयरको गुणगानमै आधा समय खर्चिन्थ्यो ।
झण्डै एक बर्ष पछि आज उप निर्वाचन चलिरहेको थियो मोबाइल अफ गरेर दिउँसैबाट आफ्ने घरमा अलि अस्वाभाविक ढङ्गले नशा पिउँदै थिए शुभद्रा नजिकै आएर सम्झाउँदै ! हजुरलाइ के भाछ हँ ? अब भयो धेरै भइसक्यो आफुले पचाउन सक्नेपो पिउने हो (बिचैमा बोल्यो)चुप ! यहाँ आफुलाइ कत्रो चोट परेको छ तँ लाई के थाहा?के पर्यो त्यस्तो ?
भन्नुन त सहि?हेर कत्रो दिमाग लाएर बिक्रमेलाइ आफ्नो बाटोबाट हटाएँ तर फेरि चुनाव हुँदैछ भन अब म कसरी सम्हालु ?
बिकास लुङ्गेली