दुई थरी हाम्रो कानुन। नुन जस्तो सस्तो कानुन र सुन जस्तो महङ्गो कानुन। सासकहरुलाइ मन लाग्दी हालेर सेवन गर्न मिल्ने तर जनतालाइ सधै चर्को। यो देस भद्रगोल भएर सम्पुर्ण सत्ता वा यहाँ भएका सम्यन्त्रहरुमा माफिया,तस्कर र पहुचवाला पुजिपतिहरुको हातमा पुग्नु को पछिल्तिर को मुख्य र महत्त्वपूर्ण कारण भनेकै नेतृत्व हो, नेतृत्व चाहे त्यो कार्यकारी प्रधानमन्त्री होस या स्थानिय तहको नगर नेतृत्व नै किन नहोस। मुलुकले बिकास र सुसासनको गति लिन सबैभन्दा पहिले त्यस देसको कानुन वा सिस्टम सहि ढंगले कार्यन्वयन भएको छ कि छैन भन्ने कुराले मुख्यत निर्धारण गर्ने गर्दछ।
कुनै पनि देस समृधी हुनुमा वा सुसासनमा चल्नुमा मुख्यत त्यहाको सिस्टम र त्यसलाई चलाउने नेतृत्वमा भर पर्छ भन्ने कुरा अहिलेको कोसि प्रदेशका एमाले बाट बनेका कानुन मन्त्री लाई जापानले एयरपोर्ट बाट नै मानबतस्करको आसङ्गकामा 48 घन्टा राखेर नेपाल फर्काएको कुरालाइ हेरे छर्लङ्ग हुन्न र ! समुन्द्र को बिचमा रहेको एउटा टापु, पटक पटक युद्दको चपेटामा चेपिएको जापान किन शक्तिशाली बन्यो ? कसरी आज जापानले समृधि हासिल गर्यो ? आज बिस्वमा जापान किन शक्तिशाली छ ? भन्ने कुराको मुख्य कारण यहि हो कि उनिहरु वा त्याहाको सासकहरु सिस्टममा चल्ने गर्छन। चाहे जो सुकै होस उनिहरुलाइ त्याहाको कानुनले चलाउछ। त्यसैले उनिहरु आज त्यो स्थानमा छन। बिडम्बना भन्नू पर्छ।हाम्रो देस नेपालमा लोकतान्त्रिक ब्यवस्थाका निमित्त र संविधानका निमित्त जनताले ठूलो त्याग र बलिदान गरे। राणाहरुको हातबाट, राजामहाराजाहरुको हातबाट त्यही सिस्टम र कानुन जनताको हातमा ल्याउनको निमित्त जनयुद्ध र जनआन्दोलन हरु भए।
नागरिक सर्बोच्चताका निमित्त वा लोकतन्त्रका निमित्त रगतको खोला बग्यो र पुरानो संविधान भत्काएर नया संविधान लेखियो। यसका निमित्त नेपाली जनताले ठूलो बलिदान गरे। कयौं घरबार उजाड भए,देस थिलथिलो भएर रक्ताम्य भयो।कयौंका सिंदुर पुछिए,कयौं अङ्गभङ्ग भए तर बिडम्बना त्यसबाट प्राप्त उपलब्धि जनताले पाउन सकेनन, कहाँ र कस्ले लग्यो त्यो नागरिक सर्बोच्चता ? कस्ले चलाउदै छ त्यो संविधान र सिस्टम ? आउनुहोस् हेरौं। म बारम्बार कलम यहि बिन्दुलाइ लिएर चलाउने गर्छु। हाम्रो देस यतिबेला लोकतान्त्रिक ब्यवस्था र नागरिक सर्बोच्चता मा होइन,दलिय सिन्डिकेट मा चलेको छ। सिस्टम र कानुनमा होइन दलिय नेतृत्व को कृपा र आदेसमा चलेको छ। यहाँ नेतृत्व को कृपा र आदेस भयो भने ज्यानमारा हरु उन्मुक्ति पाउँछन्, तर कु दृष्टि रहयो भने सामान्य मान्छे सानो गल्तिमा जिबनभर जेलमा सडिनु पर्छ।
अहिलेको मुख्य चुनौती र जनताको अगामी आन्दोलन को मुख्य उदेश्य भनेकै दलिय सिन्डिकेटको जेल भित्र थुनिएको लोकतन्त्र र नागरिक सर्बोच्चता लाई बचाउनु हो। यसैको आडमा दलका टाउकेहरुले राज्यलाइ भद्रगोल बनाएर देस र जनता लुटेका छ्न। माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले अबका दस बर्स सुसासन र समृधिका निमित्त भस्ट्रचार विरुद्धमा सडकमा आउनुस भनेर जनतालाइ सम्बोधन वा आवहान गर्नुको मुख्य उदेश्य यहि हो। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति को खोजी माओवादी ले गर्नुको कारण यहि हो। म त्यति धेरै लामो लेख्ने पक्षमा छैन।
यदि नेपाली जनताले रास्ट्र र आफ्ना सन्ततिको भबिस्य बनाउने हो भने एकचोटि पुनः बिचार गर्दै बिबेक प्रयोग गर्ने बेला आएको छ।त्यो समय 84 पनि हुनसक्छ र सडक पनि हुन सक्छ। जनताले आफ्नो बलिदानी दिएर ल्याएका तमाम उपलब्धि हरु कस्ले कहाँ पुराए खोजी गर्ने बेला हो यो। जसलाइ खोज्न सडकमा माओवादी उभिएको छ। हामी जनताले साथ दिने कि नदिने ? मुख्य प्रस्न यहि हो।








