माओबादी भित्र एकरुपता र ठोस परिस्थिति को ठोस मुल्यांकन गरेर टिमलाइ अघि बढाउने कमान्डर वा नेतृत्व को ठूलो ग्याप छ जसले गर्दा बैचारिक हिसाबले होस या साङ्गठनिक हिसाबले आन्दोलन कमजोर भएको महसुस हुने गर्दछ।
आन्दोलन कमजोर हुदा स्वतह उदेश्य वा लक्ष्य को टार्गेट हासिल गर्न कठिन हुने गर्दछ। जब जब पार्टी सान्तिकालिन रणनीतिका साथ बुलेट को कार्यदिसाबाट ब्यालेन्स गर्दै टेबल वार सम्म आइपुग्दा हामिमा हिजो देखिएको प्रमुख समस्या एकरुपताको बुझाइ र कार्यनयनमा फितलो हुन।
हामिले गर्नुपर्ने बिसयलाइ छोडेर वा पार्टीको निर्णयलाई फितलो मानेर नेतृत्व को सैद्धान्तिक कासनलाइ बेवास्ता गर्दै मनोमानी चल्नाले आज हाम्रो टिम तितरबितर त भयो नै त्यसमाथी कुहिरोको काग झैं गन्तव्य बिहिन हुन पुगेको छ।त्यसमाथी उचित कोअर्डिनेसन नहुदा गुटबन्दी र अवसरबादका भ्रुणहरु जन्मेर आज ती भ्रुणहरु जवान भै सिङ्गो पार्टी चिरा चिरा पर्ने अवस्था यसैको मुख्य कारण हो।
सैन्य फिल्डमा मैले सिकेको कुरा जब जब कमान्डर ले ठोस परिस्थितिमा ठोस निर्णय लिएर सिङ्गो पल्टनलाइ मुभ गराउन नसक्दा वा कमान्डर या नेतृत्व ले दिएको कासनलाइ फलो नगर्दा वा एक अर्का बिच कोअर्डिनेसन नहुदा थुप्रैपटक लडाइ हार्नुपरेको तितो बस्तुपरक उदाहरण तपाईं हामिमा प्रसस्तै छन। तपाईं हामी आफै बिग्य हुदाहुदै पनि आज सिङ्गो पार्टी यो तितरबितर भोगिरहेको छ। आजको अवस्था सिर्जना हुनुमा तपाईं हामी मुख्य जिम्मेवार छौ।
हाल अध्यक्ष प्रचण्डले मुलुकमा 15 बर्सको सान्तिकालिन वारको मुख्य बाधक र समाजबादि उदेश्य को मुल बाधक सुसासन विरुद्ध भस्ट्रचार मुख्य रहेको निक्र्योल गर्दै अबका दस बर्स सुसासनका निमित्त लड्ने जुन अभियान को थालनी गर्नुभएको छ त्यस कुरालाइ आम पार्टी ,कार्यकर्ता र नेतृत्व ले ठिक ढंगले बुझ्न् आवस्यक छ। तर बिडम्बना यहाँ मुख्य नेतृत्व को लडाइँ र कासनलाइ कतिपय नेतृत्वले नबुझ्ने वा फलो नगरि आ आफ्नो डम्फू बजाउदै हिड्नाले भस्ट्रचार विरुद्ध को लडाइ कमजोर बन्ने स्थित पैदा भएको छ।
हामिले यतिबेला समाजबादी यात्रा को मुख्य बाधक भस्ट्रचार विरुद्ध फाइरिङ्ग खोल्न मुख्य आर्क चुन्नु पर्ने बेलामा कोहि ब्यवस्था विरुद्ध उभिएको पाइन्छ त कोहि मुख्य बिसय र तार्गेट छोडेर गौण बिसय शिक्षा ,रोजगार ,स्वास्थ्य भन्दै बेला न कुबेलाको फेरि बजाउदै हिडेको भेटिन्छ। यसरी तितर बितर भएको फोर्सले लडाइ जितिन्छ भन्ने कुरा कल्पना सम्म गर्न सकिन्न।
अन्त्यमा,यतिबेला सिङ्गो सर्बहारा पार्टी र माओबादी केन्द्रको शक्ति मुख्यत भस्ट्रचार बिरुद्दको ब्याटलमा होमिन जरुरी छ। मुख्य नेतृत्व को सैद्धान्तिक र ब्यवहारिक कासनलाइ फलो गर्दै समाजबादी लक्ष्य चुम्नको निमित्त अनेकौ भ्रमित एजेन्डा हरु छोडेर मुख्य तार्गेट भस्ट्रचार बिरुद्द बनाउन जरुरी छ। ठोस परिस्थिति को ठोस मूल्याकंन गर्दै यतिबेला कमान्डर वा नेतृत्व ले सिङ्गो सङ्गठन र पार्टी लाई मुख्य तारगेट बिरुद्द एम लगाउन एउटा महत्वपूर्ण जिम्मेवारी को कासनलाइ फलो गर्न आवस्यक यश परिस्थितिमा को कसरी जिम्मेवारी लाई बहन गर्छ समयले उसैलाइ कुसल नेतृत्व वा बहादुर कमान्डर घोसणा गर्ने नै छ। बाकी समयले पुष्टि गर्ने छ ।
आ-आफ्नो फेरि बजाउन छोडेर सबै नेतृत्व र कमान्डर ले मुख्यत तार्गेट कुन हो चिन्न जरुरी छ
आ-आफ्नो फेरि बजाउन छोडेर सबै नेतृत्व र कमान्डर ले मुख्यत तार्गेट कुन हो चिन्न जरुरी छ
तपाईको प्रतिक्रिया








