रबिन पुडासैनी क्षेत्रीको नयाँ कौडा गीत “भाग्य कर्म” सार्वजनिक भएको छ । रबिन पुडासैनी क्षेत्रीको आफ्नै युट्व च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । रबिन पुडासैनी क्षेत्री हाल अमेरिकामा बस्दै आएका छ्न।
गीतमा स्वर नवराज थापा मगर र अनु चौधरीको रहेको छ भने प्रदीप मगर ,दीपक गुरुङ ,रुपी सिंजाली मगर र प्रतिमा बिश्वकर्माको ग्रुप स्वर रहेको छ ।
त्यसैगरी संगीत युनिक थापामगर र शब्द रबिन पुडासैनी क्षेत्रीको रहेछ। म्युजिक एरेन्जर कमल सौराग, रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ राजकुमार बगर हुन भने गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
म्युजिक भिडियोमा गणेशमान घले ,आरती आले मगर, सुरज गुरुङ र एलिजा गुरुङले अभिनय गरेका छन् । सिनेमाटोग्राफर / भिडियो अडिटर / कलर पवन सुस्लिङ, आई टि सपोर्ट आशिष कोईराला र पोस्टर आर्ट आशिष् गुरुङको रहेको छ। त्यसैगरी मेकअप आर्टिस्ट सुवास तिमिल्सिना,रोशन श्रेष्ठ र असिस्ट मेकअप आर्टिस्ट्मा सोनिका गजमेर ,ड्रेस दीप फिल्म प्रोडक्शन,म्यानेजमेन्ट आदि गुरुङ,आर्ट निर्देशक जता शंकर गोसाई ,डान्स ग्रुप लिडर सोनम लामा र सरस्वती गुरुङ ,भान्सा सुर्य एण्ड टीम ,यातायात कमल लामा र गणेश थापाको रहेको छ भने पोस्ट प्रोडक्शन पदमा इन्टरटेन्मेन्टको रहेको छ।
उक्त म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी आशिष गुरुङको रहेको छ भने असिस्टेन्ट कोरियोग्राफी कृष्ण मगर र बिजय बुढामगरले गरेका छन । म्युजिक भिडियोको निर्माण राजिन पुडासैनीले गरेका हुन ।