• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अब उखान टुक्का, छलकपट निरङ्गकुसता र गैडाज,डाफेज भनेर मुलुक चल्नेवाला छैन


  •    एस पि रेग्मी / शुक्रबार, असोज १८, २०८१  

  • सुक्ष्म अध्यन गर्ने हो भने सन्सारका परिवर्तन चाहे त्यो माइली बजुको घर होस या बाहुनी फुपुको घर या समाज या देस,निरन्तर संघर्षबाट मात्रै परिवर्तन र बिकासमा फड्को मारेको छन। क्रमिक रुपमा एक परिवेश लाई अर्को परिवेश ले निसेध गर्दै अघि बढेको हुन्छ।आउनुहोस् चर्चा गरौं नया जेनेरेसनका आवाज हरु किन बिस्तारै बुलन्द हुदैछन त !

    पहिले पहिले भुन्टेका बाले बिदेसबाट फोन गरेको छ रे भन्दा गाउबाट हिडेर सदरमुकाम पुगेर सन्चो बिसन्चो खबर सुनेर आएको परिवेश हिजो होइन र ? आज हातहातमा मोबाइल आइपुग्यो। पल्लाघरे दाइले मोबाइल बोक्दा हामिपनी मोबाइल किनौ भनेर बा आमा सग किचकिछ गरेको हिजो होइनर। छिमेकीको घरमा साइकल चड्दा घरमा आएर बा आमा सग हामी पनि साइकल किनौन भनेर झगडा गरिन्थ्यो। किनकी मोबाइल साइकल किन्नलाइ हामिसग पैसा हुदैनथ्यो र बा आमासग किचकिच गर्नु पर्थ्यो।उनिहरुले घरको व्यवहार समालेका थिए।उनिहरुसग पैसा हुन्थ्यो। त्यो बेलाको slc पास गरेर तल्लाघरे जिम्बालको छोराछोरी पढ्न सहर जान्थे हामी भित्रै कतिले बा आमालाइ म पनि पड्न सहर जान्छु भनेर झगडा गरेका हौंला। त्यो हिजोको परिवेश होइन र ? आज लाखौं युवा अक्सफोर्ड , कलेज र नया नया आबिस्कार,बिचार र प्राविधिसग जोडिएका छन, किन सम्भव भयो त ?

    यी सबै समय अनुसार संघर्ष ले भरिदिएको उच्चतम चेतनाले गर्दा हो।यो सब समयको क्रमभङ्गता हो। यसलाइ कसैले रोक्न सक्दैन। जसले रोक्न खोज्छ उ आफै बिनास भएर जान्छ। समाजको एउटा घरमा त अभिभावक समयको रफ्तारमा चल्न सकेन भने छोराछोरी ले बिद्रोह गर्छन भने यत्रो मुलुकमा समयको रफ्तारलाइ यहाको कार्यकारी सासकले नबुझ्ने हो भने कसरी मुलुक अघि बढ्छ ? के समय सगै बढेको चेतना रोक्न सम्भव छ र ?
    अब पुरानै शैलीमा डाफेज,गैडाज भनेर अहिलेको जेनेरेसनलाइ झुक्काउन सकिँदन।अहिलेको जेनेरेसन वा हाम्रो समाजको चेतना स्तर धेरै माथी पुगिसकेको छ। अब यहाँ त्यो बेलाको पुस्ताले जस्तो उखान,टुक्का सुनाएर मुलुक अघि बढ्न सकिँदन। यसैको परिणाम हो दरबारमार्गमा नेसनल डे का दिन प्रधानमन्त्री केपि ओलि को बिरोध।अहिलेको पुस्ता बिदेस गएर होस या युनिभर्सिटीमा पढेर या ब्यवहारिक रुपले चेतेर होस धेरै कुरा सिकिसकेको छन।

    जो राज्यसन्चालन गरिरहेका पुराना नेता वा पुराना बिचार वा पुरानै प्रबिधि बाट राजनिती गरिरहेका छन।अब त्यो कुरा अहिलेको पुस्ताले मान्दैन।यो समय र बिकासको क्रमभङ्गता हो।अब यहाँ पुराना सबै कुरा बिस्तापित हुन्छन र नया स्थापित हुन्छ। अहिलेको पुस्ताले खोजेको र पुराना सग रुष्ट देखिएको यहिनेर हो। नया जेनेरेसनको असन्तुष्टि यहिनेर हो। अब यो ब्यवस्थालाइ समयले छोडेर अर्को ब्यवस्थामा मुलुक अघि बढी छोड्छ।महिले भनेनी समयको आवाज सुन्न नसक्ने हरु अब कि छोडिन्छ कि तोडिन्छन।अब सन्सदिय ब्यवस्था बाट राजनैतिक दलहरुको सिन्डिकेट तोडेर जसको क्षमता छ उसले मुलुक अघि बढाउने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुक अघि बड्छ बड्छ।रोक्न खोज्ने र पुरानै सैलिमा चलाउन खोज्नेहरु चाहे त्यो दल होस या नेतृत्व अब नया पुस्ताले मान्दैन।

    अहिले जताततै सडकमा नयापुस्ताले असहमति जनाएको यहिनेर हो।उनिहरु सन्सारका बिकसित मुलुक,बिकसित प्राविधि र बिकसित बिचारहरुबाट प्रभावित छन।तर यहाका सासकहरु पुरानै परम्परा पुरानै शासन ब्यवस्था र पुरानै शैलिहरु लाद्न खोज्छन। त्यो कुरा नया जेनेरेसन ले मान्दै त मान्दैनन् । राणा शासन,निरङ्गकुस राजतन्त्र हुँदै गणतन्त्र आउनुको मुल कारण यहि हो। फेरि बिद्रोह हुन्छ र अहिलेको संसदीय ब्यवस्था फालेर प्रत्यक्ष कार्यकारी प्रणालीमा मुलुक जानेकुरामा दुइमत छैन।जहाँ जस्ले पनि आफ्नो प्रतिस्पर्धा खुला रुपले गर्न पाउछ। त्यहा दलिय सिन्डिकेट हुदैन। संवत् स्फुर्त रुपमा प्रतिस्पर्धा हुनेछ।

    जब जब सासकहरुले समयको आवाजलाइ कैद बनाउन खोज्छन ,त्यहा बिस्पोट हुन्छ हुन्छ। नेपाल मलाइ लाग्छ त्यही बिस्पोट नजिक छ। अहिले देखिएका अन्य दलहरुमध्ये माओवादीले समयको मागलाइ अल्लि बढी बुजेको देखिन्छ। उ तयार भै सकेको छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा। तर अन्य काङ्ग्रेस एमालेदलहरु समयको आवाज,नयापुस्ताको आवाज दबाउन राज्यसम्यन्त्र प्रयोग गरिरहेका छन जुन सम्भव छैन। एकदिन त्यो बिस्पोट भैछाड्छ।

    अहिलेको नयाजेनेरेसन,समाज र उनिहरुमा भएको चेतना पुराना सासकहरुको भन्दा धेरै पर पुगिसकेको छ। अब रोक्न खोज्नु र पुरानै लयमा फर्काउछु भनेर यदि कसैले समयलाइ रोक्न खोज्छ भने त्यो आफैमा बिनास निम्ताउदैछ। परिवर्तन को मुख्य नियम पुरानाको ध्वस्त र नया निर्माण अनिवार्य हो।

    फेरि पनि म लेख्छु, अब राणासासन, निरङ्गकुस राजतन्त्र,उखान टुक्का, हावादारी गफ, र अहिलेको सिन्डिकेट धारी संसदीय ब्यवस्था चल्नेवाला छैन, नया जेनेरेसन ले कुल्चेर अघि बड्नेवाला छ। त्यसको बिकल्पमा नया पुस्ताको लात खानेकी नया बिचार र आवाजहरु सग दल,नेतृत्व र पुराना सासकहरु परिवर्तन हुने ? यहि एउटा मात्रै विकल्प खडा भएको छ। एकफेर सोच्ने कि ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.