असोज १५ ,पोखरा
जिल्ला समन्वय समिति कास्कीले उपभोक्ता समितिका पदाधिकारी सदस्यहरूलाइ मंगलबार तालिम सम्पन्न गरेको छ।
तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्गार गर्नुभएको थियो ।
पौडेलले बिकासका काम गुणस्तरीय र टिकाउ बनाउन उपभोक्ताहरू सचेत र जागरुक हुनुपर्ने बताउनु भयो।
बिकास आयोजनामा विभिन्न कारणले हुने ढिलासुस्तीप्रती सजग बनाउदै बिकास निर्माणका कामलाई दिगो र प्रभाबकारी बनाउने हेतुले तालिम आयोजना गरिएको उल्लेख गर्दै कहिकतै लापरबाही र ढिलासुस्ती नहुनेगरी आफ्नो ठाउँबाट भुमिका निर्बाह गर्न उपभोक्ता समितिहरूलाई क्रियाशिल हुन आग्रह गर्नुभयो ।
तालिममा गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालयका इन्जिनियर राम पराजुली र स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालय पोखराका इन्जिनियर जनकराज पन्तले योजना कार्यान्वयन ,गुणस्तर लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । सो तालिममा कास्कीका पाँच पालिकाका विभिन्न उपभोक्ता समितिका करिब पचास जना पदाधिकारी सदस्यहरू सहभागी थिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप -प्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।








