जब जब प्रचण्ड सरकारले सुसासनको क्रान्ति थालनी गर्यो र जनताका बिचमा रोस्ट्रम बाटै बस्तुपरिस्थिती बारे अध्यक्ष प्रचण्डले खुला र स्पस्ट रुपमा यहाका तस्करी ,माफिया र तिनका संरक्षक का बिसयमा आम नेपालिले सुन्नेगरी घन्टौंसम्म तिनका कर्तुत र निबर्तमान सरकार के कारणले ढालियो भन्ने कुरा छर्लङ्ग राखे। नेपाली जनताले स्पष्ट बुझे कि यो देसका माफिया ,भस्ट्रचारी र तिनका संरक्षक को को रहेछन,।
त्यसबेला देखि नै भस्ट्रचारि,माफिया र तिनका संरक्षक हरु “हम तो डुबेङ्गे डुबेङ्गे तुमरा भि साथ लेके डुबेङ्गे सनम” भनेजस्तै माओवादी पार्टी प्रती लक्षित गरेर समाजमा एतिबेला एउटा ठूलो भ्रम फिजाइदैछ। विशेष गरि ३ वटै पार्टी एमाले,काङ्ग्रेस र माओवादी एउटै हुन,उस्तै हुन,सबै भस्ट्रचारी,सबै चोर भनेर सबैलाई एउटै तुलना गर्ने कुटिल चाल चलेर भस्ट्रचारी माफिया र तिनका संरक्षक हरु नेपाली जनताको नजरबाट जोगिन न्वारान देखिको बल लगाएर जोगिन प्रयत्नशील छन, नेपाली जनता तथ्य हेरेर भ्रममा पर्नु हुन्न।
के अन्य पार्टी जस्तै माओबादी पार्टी पनि त्यस्तै हो त ? त्यही बर्ग जसले देस र जनता लुटेर खोक्रो बनायो, रास्ट्रमा माफिया सग मिलेर राज्य दोहन गरेर नेपाली जनतामाथी शासन गरिरहयो।के माओवादी पार्टी पनि त्यही बर्ग भित्र पर्दछ त ?
आउनुहोस् तथ्यहरु हेरौ।
१)नेपाली जनताको अधिकारका निमित्त मर्न तयारहुने माओवादी र सामन्ती सत्तासग साटगाठ गरेर टाउकाको मूल्य तोकेर जनता मार्न तयार हुनेहरु कसरी एकै भए ?
२) भ्रष्ट्रहरु समात्ने र भ्रष्ट्र हरु को रक्षा गर्ने कसरी एउटै भए?,
३) २० घण्टा लोड सेडिङ्ग गरेर जनतालाई को अन्त्य गरेर देश उज्यालो बनाउने र त्यही उज्यालो बनाएको लाई हटाउनु पर्छ भन्ने तुक्के कसरी एउटै भए?,
४) गरीब किसानहरूको ऋण मिनाह गर्ने र गरिब लाई लुट्ने कसरी एउटै भए?,
५) काठमाडौं लगायत देसै भरिका बाटो फराकिलो बनाउने, गाउँ गाउँ बाटो पुराउने र बाटो को नाम मा अरबौं कुम्ल्याउने कसरी एउटै भए?,
६) गाउँ गाउँमा सिहदरबार बनाएर बिकास योजना ल्याउने र सघियता नै हटाइ केन्द्रिकृत शासन गरौं भन्नेहरु कसरी एकै भए ?
७) नयाँ आएका बालेन् हर्क रवि हरु लाई गणतन्त्र को फक्रेको फूल भनेर साथ दिने र खान आएका नकचरो हरु भन्ने कसरी एउटै भए ?
८) महाकाली सन्धि गरि देस नै बेच्ने र नदिहरुबाट उत्पादन गरि बिजुली बेच्ने कसरी एउटै भए?
९) देसका कलकारखाना बेचेर खाने र बेचिएका जग्गा कलकारखाना फिर्ता ल्याउने र सन्चालन गर्ने कसरी एकै भए १०) आफ्नो नागरिक लाई सरणार्थी बनाएर बेच्ने र नागरिक बेच्ने लाई थुन्ने कसरी एउटै भए?
११) रास्ट्रमा जति पनि अनियमितता छन तिनिहरुसग जोडिएर भस्ट्रचार गर्ने र भस्ट्रचार छानबिन गरि दोसिलाइ कारबाही गर्ने कसरी एकै भए ?
१२) अब पनि नेपाली जनताले यि तथ्य हरु नहेरि वा बुद्धि बिबेक प्रयोग नगरी निर्वाचन मा भ्रस्टहरुलाइ जिताउने हो भने तपाईं हाम्रो त जीवन दु:खद तवरबाट बित्ला नै तर आउदो पिडि र सन्ततिको लागि बिदेस पलायन वा अभावमा छट्पटीमा बित्ने कुरा जगजाहेर नै छ।
अन्त्यमा ,
अलिकती निर्वाचनमा तपाइको गोप्य मतले सारा मुलुक र जनताको भबिस्य सुनिस्चित हुने कुरा आफू र आफ्ना परिवारमा सल्लाह गर्ने हो भने यी रास्ट्रका माफिया,तस्करी र तिनका संरक्षकलाई सरल र सहज तवरबाट नै मिल्काउन सकिन्छ । जनता सचेत बनौ। ✍️ s.p.regmi








