• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम


  •    अभियान हाम्रो डट कम / आइतबार, असोज १३, २०८१  

  • पोखरा ।

    पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ ।
    गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो ।
    कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
    कार्यक्रममा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले योगले सबैमा प्रेम भाव जगाई मानवियताको विकास गर्दै सकारात्मक भावना ल्याउन र तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । योग ध्यान र जीवन विज्ञानको महत्व जनजनलाई बुझाउन सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले चालु आवदेखि स्थानीय तहसँगको साझेदारीमा सबै स्थानीय तहमा योगध्यानका कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरेको मन्त्री थापाले जानकारी दिए ।
    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीलाई सकारात्मक दिशामा लैजान योगको कार्यक्रमलाई निरन्तरता दिने बताए । समाजलाई नकारात्मकताको बाटो भन्दा पनि सकारात्मकता बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको पाण्डेले औंल्याए । प्रदेशको नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको विषय भएकाले ८५ वटै पालिकालाई योग ध्यानको कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशनसमेत दिए ।
    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, सभामुख, उपसभामुख, मन्त्री, सांसदसहित ८५ वटै पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक लगायत ५ सय भन्दा बढी सहभागी भएका थिए ।
    कार्यक्रमलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले स्वागत गरेका थिए भने मन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सन्तोष बस्याल 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.