जल तथा मौसम विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि ५६ वटा जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो ।
आज बिहीबार दिउँसोदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतः बदली हुने र अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा भारी वर्षा हुने जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख छ । आगामी शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले उक्त दिन बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।








