• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

असोज १६ गते पोखरामा विविध सांस्कृतिक कार्यक्रम हुने


  •    अभियान हाम्रो डट कम/ बुधबार, असोज ०९, २०८१  

  • पोखरा । लोकप्रिय जनताका गायक जीवन शर्माको विशेष प्रस्तुतिसहित पोखरामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । रक्तिम सांस्कृतिक अभियानले असोज १६ गते बुधबार, दिउँसो २:०० बजेबाट पोखरा सभागृहमा विविध जनसाँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

    सो कार्यक्रममा गायक शर्माका अलावा कलाकारहरु नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डम्बर भण्डारी र भरत श्रेष्ठको बिबिध सङ्गीतको प्रस्तुति रहने बताइएको छ । आयोजक रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका अध्यक्ष नारायण शर्माका अनुसार सो अवसरमा शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्माको पनि बेजोड साङ्गितिक प्रस्तुति रहने छ ।
    सो अवसरमा अन्य गायक कलाकारहरु कृति पुन, बिमला सापकोटा, जुना थापा, बेली सिंजाली, डेविड गुरुङ्ग, नर बहादुर गुरुङ्ग, पुजन गुरुङ्ग, गिनिज बुढा, प्रशंसा थापा, हिमांशु ओलीले पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।

    देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुराउँदै आएको छ । गायक जीवन शर्माले दिएको जानकारीअनुसार २०४३ चैत्र २६ गते विभिन्न जिल्लाबाट काठमाडौँमा अध्ययन गर्न आएका प्रगतिशील साँस्कृतिककर्मीको भेला काठमाडौँको घण्टाघरमुनि सम्पन्न भएको थियो । सोही भेलाले सङ्गठनको नाम रक्तिम साँस्कृतिक अभियान तय गर्दै ९ सदस्यीय समिति गठन गरेको थियो । भेलाले गायक शर्मालाई अध्यक्षमा चयन गरेको थियो भने सदस्यमा झोकेन्द्र थापा, राधा बुढाथोकी, कृष्ण अर्याल, पार्वती भट्टराई र सुजता गुरुङलगायत रहेका थिए ।

    साथमा स्थानिय संगम सांस्कृतिक मन्चको समेत प्रस्तुती रहने अभियानका अध्यक्ष शर्माले जानाकारी गराउदै रक्तिम अभियानले गर्न लागिरहेको उक्त कार्यक्रमलाई विभिन्न तह र तप्कामा रहनु भएका आम सचेत देशभक्त जनसमुदायहरु उपस्थित भै कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनको लागि अनुरोध गर्नु भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.