• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्यटकको बसाईं लम्बाउँदै ‘क्यासिनो ताज’


  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, असोज ०८, २०८१  

  • पोखरा

    विदेशी पर्यटकलाई लक्षित गरेर स्थापना भएको क्यासिनो ताजले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको छ । पोखराको लेकसाईडमा स्थापना भएको उक्त क्यासिनोमा भारतीय, चाईनिज र जापानिज पर्यटक रमाउने गरेका छन् ।

    क्यासिनोका मार्केटिङ् म्यानेजर एनिज गुरुङ्का अनुसार गण्डकी प्रदेशमै पहिलो खुलेको क्यासिनो पाएर पर्यटकहरु रमाउने गरेका छन् । गुरुङ्ले क्यासनोका कारण पोखरामा पर्यटकको वसाई पनि लम्बिएको दावी गरे । ‘हामीकहाँ आउने अधिकाँश पर्यटकहरु भारतीय हुन्, उनीहरु पोखरा र आसपासका विभिन्न ठाउँहरु घुमेर लेकसाईड आउँदा यो क्यासिनोमा एक रात मनोरञ्जन लिने गरेका छन् ।’ उनको भनाई छ ।

    गत सेप्टेम्बर १५ मा क्यासिनोले वार्षिकोत्सव मनाएको हो । ताज ईण्टरटेण्डमेण्टले सञ्चालन गरेको यो क्यासिनो गण्डकी प्रदेशकै पहिलो हो । क्यासिनोले पर्यटककको बसाई लम्ब्याउनुको साथै सरकारलाई राजश्व संकलन र रोजगारी सिर्जना समेत गरेको गुरुङ्को भनाई छ ।

    क्यासिनोले अहिले करिब १ सय ७० जनालाई रोजगारी दिएको छ । पोखरा आउने पर्यटकले चाहे अनुसार मनोरञ्जन लिने यो एक मात्रै गन्तव्य भएको एनिज बताउँछन् । ‘हुन त पोखरामा विभिन्न खाले रात्री जीवन र मनोरञ्जनहरु छन्, तर पनि यो भनेको फरक खालको मनोरञ्जन लिन चाहेनहरुका लागि एकमात्र आधिकारिक गन्तव्य हो ।’ उनले दावी गरे ।

    गुरुङ्ले क्यासिनोमा नेपालीलाई निषेध गरिएको दावी समेत गरे । उनले क्यासिनो भित्र छिर्नुभन्दा अगाडी सम्बन्धित पर्यटकको कागजपत्रहरु चेकजाँच गरेर मात्रै भित्र प्रवेश दिईने जानकारी दिए । ‘नेपालीहरुलाई अनुमति छैन, हामीले, विदेशी पर्यटकको पासपोर्ट र भिसा समेत जाँच गरेर भित्र प्रवेश दिने गरेका छौं ।’ उनले भने ।

    काठमाडौं बाहिर झापा र भैरहवामा पनि क्यासिनो सञ्चालनमा छन् । ती क्यासिनोका कारण पोखराको क्यासिनोको ७० प्रतिशत बजार कमी भएको गुरुङ्ले जानकारी दिए । ‘हामीकहाँ आउने धेरै भारतीय पर्यटकहरु भएकाले पुर्व पश्चिम दुवै सीमा बजारका क्यासिनोका कारण यहाँ अपेक्षा गरे अनुसारका भारतीय पर्यटक आउन सकेका छैनन ।’ उनले भने ।

    पछिल्लो पटक क्यासिनोमा पर्यटक आउने सँख्यामा कमी आएको एनिज बताउँछन् । बाटोको समस्या तथा हवाईयात्रा असुरक्षित महसुस गरेका कारण पोखरा आउने पर्यटकको सँख्यामा कमी आएका कारण क्यासिनोको व्यापारमा पनि सुस्तता आएको उनले जानकारी दिए ।

    ✍️ अजय क्षेत्री 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.