• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिश्वबिद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा मन्त्रालयको अन्तरक्रिया


  •    राम्जी प्रसाद लम्साल / आइतबार, असोज ०६, २०८१  

  • असोज ६ काठमाडौ

    बिश्वबिद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले आइतबार अन्तरक्रीया सम्पन्न गरेको छ।अन्तरक्रियामा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या  भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा, सम्बन्धन लगायतका योजना समेट्न र विश्वविद्यालयलाई गुणस्तरका दृष्टिले प्राज्ञिक स्थल बनाउन अनुरोध गर्नुभयो । नेपालका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न विशिष्टीकृत योजना बनाउन पनि मन्त्री भट्टराईले जोड दिनुभयो ।

    अन्तरक्रियामा सुदूरपश्चिम विश्वविद्यालयसंग आङगिक क्याम्पसको व्यवस्थापन, मर्जिङ र सम्बन्धन, योगदान र योग्यताका आधारमा सामाजिक सुरक्षा, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवम् विश्वविद्यालय, अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि त्रैमासिक प्रतिवदेन तयारी गर्ने विषयमा गहन छलफल भएको थियो ।
    त्यसैगरी
    नेपाल संस्कृत विश्वविद्यालय सँगको अन्तरक्रियामा शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, महत्वपूर्ण पुस्तकको डिजिटाइजेसन, पठनपाठनमा आधुनिक र पूर्विय दर्शनको एकीकरण एवम् आयुर्वेद र स्थापत्य कला विषयको सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन गर्ने विषयमा छलफल भयो।
    त्रिभुवन विश्वविद्यालय सँगको अन्तरक्रियामा परीक्षा र प्रश्नपत्रमा सुधार, शैक्षिक क्यालेन्डरका आधारमा शिक्षण सिकाई तथा परीक्षा सञ्चालन, विश्वविद्यालयको पुनः संरचना, पाठ्‌यक्रम संरचना पुनरावलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको डिजिटाइजेसन र विश्वविद्यालयलाई विद्यार्थी र समाजको समुदायको नजिक पुर्‍याउने विषयमा छलफल भएको जनाइएको छ।

    विश्वविद्यालयहर‌को पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधन‌को व्यवस्थापन‌मा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयसंग अन्तरक्रिया गरी पृष्ठपोषण सङ्‌क‌लन गर्न सुरु गरेको हो। यसैक्रममा आइतबार सुदूरपश्चिमाञ्चल, नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयसँग अन्तरक्रिया सम्पन्न भएको सो मन्त्रालयले जनाएको छ ।

    अन्तरक्रियाका क्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, सम्बधन – विद्यार्थी /प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्‌यक्रम निर्माण तथा परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, जग्गा व्यवस्थापन लगायत विषयमा छलफल गरियो । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रम विश्वविद्यालयको प्रभावकारी व्यवस्थापन र शिक्षण सिकाइको गुणस्तर सुधारमा केन्द्रित रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.