• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने


  •    अभियान हाम्रो डट कम / आइतबार, असोज ०६, २०८१  

  • पोखरा,  भदौ

    पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ ।

    शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् । ती गन्तव्यको खेल पर्यटनमार्फत प्रवद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजित ८ किमीको पर्वतीय दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरे ।

    पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले बुद्ध र हिन्दू धर्मसहित दृश्यावलोकन दृष्टिले निकै मनमोहक क्षेत्रमा हुने उक्त प्रतियोगिताले खेल पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने बताए । पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङ समेत उपयुक्त गन्तव्य भएकोले पोखरा क्षेत्रका अन्य वडाहरुलाई समेत जोडेर उक्त प्रतियोगितालाई बिस्तार गर्न उनले सुझाव दिए ।

    परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशतजसो पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हँुदा यस्ता खेलकुद गतिविधिले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्रतियोगितालाई बिस्तारै १० किलोमिटर हुँदै भविष्यमा हाफ म्याराथन गर्न सुझाव दिए । मिडिया हाउसले खेल प्रवद्र्धन हुने गरेर ल्याएको उक्त कार्यक्रमलाई वडादेखि सबैले साथ दिन आग्रह गरे ।

    पोखरा महानगरपालिका व्यावसायिक प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा मिल्ने विश्वास लिए । उक्त प्रतियोगिता सफल पार्न केन्द्रले आवश्यक समन्वय गर्न तयार रहेको जनाउँदै विद्यार्थीलाई बढी सहभागिता गराउन सुझाव दिए ।

    टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा क्षेत्रकै लोभलाग्दो स्थानमा हुने उक्त प्रतियोगिताले समग्र खेल पर्यटनमा टेवा पुग्ने बताए । केही समयपछि पोखरामा टान म्याराथन प्रतियोगिता आयोजना गर्ने उनले जनाए ।

    होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले प्रतियोगिता सफल पार्न आफूहरूले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिइन् ।रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले प्रतियोगितामा युवा खेलाडीलाई बढी समेट्न सुझाव दिए । उनले विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा रेवानले समेत पोखरामा मिनी सडक महोत्सव आयोजनाको तयारी गरेको बताए ।

    पर्यटन व्यवसायी महिला संघ (ओटेफ) अध्यक्ष उमा रेग्मी भण्डारीले धार्मिक पर्यटनको केन्द्र पुम्दीभुम्दीमा हुने पर्वतीय दौडले खेल पर्यटनको प्रबद्र्धन हुने विश्वाश व्यक्त गरिन् ।प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेलले प्रतियोगिता संयोजक दीननाथ बरालले आफ्नो जन्मस्थानमा प्रशंसनीय कार्य गर्न लागेको भन्दै सफलताको कामना गरे । उनले पोखराका विभिन्न पर्यटकीय गतिविधिमा पर्यटन व्यवसायीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।

    पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने विश्वासले उक्त कार्यक्रम आयोजना गरिएको पोखरा क्लिक प्रालिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले बताए ।‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ ।

    पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले समसामयिक विषयमा आवाज उठाउँदै आर्थिक विकास, समृद्धि र सुशासनका पक्षमा पहरेदारी गर्दै आइरहेकोमा पोखरा आफैमा सम्भावनै सम्भावनाको पुञ्ज भएकाले त्यसमाथि थपिएका नयाँ पर्यटकीय गन्तव्यलाई विश्वसामु सुसूचित गराउनु, त्यसको प्रचारप्रसारसँगै आर्थिक समृद्धिलाई जोडेर अगाडि लैजाने सञ्चार माध्यमको भूमिका रहेकाले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बरालले जानकारी दिनु भयो ।

    असोज १२ गते बिहान सुरु हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।

    प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, महिला धावक, १६ वर्षमुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।

    उक्त कार्यक्रमलाई प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तुप समिति, पोखरा ८ वडा कार्यालय, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम¥याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोट्स लगायतको सहयोग रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.