• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया


  •    अभियान हाम्रो डट कम / शनिबार, असोज ०५, २०८१  

  • पोखरा

    अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए ।

    ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन् जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’

    एक्याप प्रमुख कडरियाले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिन समेत सुझाव दिए ।

    ‘घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै घान्द्रुकलाई सांस्कृतिक रुपमा विकास गर्न सके अझै पर्यटकको आगमन बढ्न सक्छ’, उनले भने, ‘वन्यजन्तुलाई हामीले हानी नोक्सानी गर्ने रुपमा मात्र हेरेका छौं तर यसको संरक्षण प्रवद्र्धन गर्न सके चितवनमा हात्ती र चितुवा हेर्न जाने पर्यटकजस्तै यहाँ पाइने जंगली जनावर देखाउन पर्यटक ल्याउन सकिन्छ ।’

    उनले पछिल्लो समय वन डढेलोका कारण पर्यटन क्षेत्रसँगै जलवायुमा प्रत्यक्ष असर परेकाले वन डढेलो नियन्त्रणमा समुदाय नै चनाखो हुन समेत आग्रह गरे । यस्तै उनले घान्द्रुक लगायत अन्नपूर्ण क्षेत्रमा पाइने अल्लो र स्थानीय उत्पादनलाई बा्रण्डिङ गर्न आवश्यक रहेको बताए ।
    कडरियाले घान्द्रुकको लोकल रक्सी, सुकुटी र स्थानीय उत्पादनलाई समेत ब्राण्डिङ गर्न सके आर्थिक रुपमा समेत सबल हुने बताए ।

    यस्तै अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासको लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताए ।

    कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगनसुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणको लागि संरक्षण क्षेत्र स्थापना भए सँगै स्थानीयहरुसँग समन्वय गर्दै आएको उल्लेख गरिन् ।

    साधारण सभामा घान्द्रुक  पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    यस्तै साधारणमा सभामा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका पूर्व कार्यालय प्रमुख जनगसुब्बा गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा सबैभन्दा बढी विदेशी पर्यटकको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ  र नेपाली गाइड (पोटर)को शुल्क बुझाउने होटल वल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरिएको थियो ।

    साधारण सभामा तमु प्येल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले घान्द्रुकको विकाससँगै पर्यटन प्रर्वद्धनमा एकताबद्ध तरिकाले अगाडि बढ्न सुझाव दिए ।
    साधारण सभा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता, सदस्य रामकुमारी परियारको स्वागत र सचिव माया पुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.