• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ


  •    अभियान हाम्रो डट कम / शुक्रबार, असोज ०४, २०८१  

  • पोखरा

    कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन ।

    त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समितिका कार्यबाहक अध्यक्ष केशव बहादुर थापाले राज्यले खेलकुद क्षेत्रलाई हेला गर्ने गरेको वताए । बजेट निर्माणमा जति बजेट समेट्नुपर्ने हो त्यो हुन नसकेको र बजेट दिएपनि केन्द्रमा मात्र सिमित हुने गरेको बताए ।

    खेललाई विद्यामा राख्ने तर खेलमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन नसकेको उनको भनाइ रहेको थियो । शुटिङ खेलमा विभागीय बाहेक अन्य संघ संस्था वा प्रदेशले खेल्न सामाग्रीको अभाव झेल्नुपरेको वताउदै थापाले खेलाडीहरुलाई सहभागीता गराउनका लागि आवश्यक पूर्वाधार र खेल सामाग्री आवश्यक रहने भएकाले त्यसका बारेमा प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

    गण्डकी प्रदेश शुटिङ संघका महासचिव पुरन कुँवरले राष्ट्रिय खेलकुद परिषदले समेत प्राथमिकतामा नराखेको र खेलाडीलाई आवश्यक पर्ने खेल मैदान, खेल सामाग्रीहरु नरहेको वताए । शुटिङ विशेष खेल भएको र गाउँपालिकामा राख्न नसकिने सामाग्रीहरु केही मात्रामा दिएको भएतापनि त्यो पर्याप्त नरहेको वताउदै कास्की र प्रदेश मिलेर मैदान निर्माण गरी राष्ट्रिय खेलमा सहभागीता जनाउने वताए ।

    कास्की जिल्ला शुटिङ संघका प्रशिक्षक तथा सल्लाहकार चिन बहादुर थापाले कास्की शुटिङ संघमा आवद्ध भएर आइरहदा नवौं राष्ट्रिय खेलकुदमा प्रशिक्षकको भुमिकामा रहेको वताउदै खेलकुद बिकास समितिले शुटिङ खेलका लागि आवश्यक पर्ने हतियारका लागि लाइसेन्सको काममा झमेला रहेको बताउदै साधारण मानिस र खेलाडीले लिने लाइसेन्सको बारेमा बर्गीकरण गरी लाइसेन्सको लागि सहजीकरण गरिदिन आग्रह गरे ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले खेल क्षेत्रलाई राज्यले उपेक्षा गरेको वताए । गण्डकीमा शुटिङ खेलको सम्भावना रहेको भएतापनि खेल मैदान र खेल सामाग्रीको अभावका बावजुद पनि खेलाडीले पदक ल्याउन सफल भएको उनको भनाइ रहेको थियो ।

    श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुक बहादुर गुरुङले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.