• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आदर्श सहकारीको सदस्य प्रशिक्षण


  •    अभियान हाम्रो डट कम/ आइतबार, भदौ ३०, २०८१  

  • पोखरा २९ भदौ ।

       आदर्श बचत तथा ऋण सहकारी संस्था लि . पोखरा – १३ आर्वाको आयोजनामा शनिवार आर्वामा सहकारीका अगुवा शेयर सदस्यहरुका लागी एक दिवसीय सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
        सहकारी प्रशिक्षक तथा पोखरा महानगर पालिका सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले  सहकारीका विविध विषयहरुमा सहभागी हरुलाई प्रशिक्षण दिएका थिए।
      प्रशिक्षणका क्रममा आचार्यले सहकारीको विश्व ईतिहास , नेपालका सहकारी र तिनको स्थापना देखि वर्तमान अवस्थाको बारेमा सहजीकरण गरेका थिए । आचार्यले सहकारी सञ्चालक र कर्मचारी बिचको अन्तर सम्बन्ध, सफल कर्मचारीका गुणहरू , तीन स्व को सुत्र, साकोस सन्चालनको आधारशिला , वित्तीय सुरक्षा तथा वित्तिय पहुँचका बिषयमा जानकारी दिए।
      उनले सफल सहकारी सन्चालनको कार्यविधि , सफलताका सुत्र, लगायत शेयर सदस्यहरुको भूमिका , सहकारीमा जनताको सहभागिता सहित सहकारीका बिभिन्न कोषहरूको जानकारी एवं एउटा सफल सहकारी बनाउन चाहिने नियम कानुन ,शेयर सदस्यहरुले खेल्नु पर्ने भूमिकाका बृहत् बिषयमा सहभागीहरुलाई सरल ढंगबाट प्रशिक्षण दिएका हुन्।
      सहकारीले सदस्य शिक्षा कार्यक्रम अन्तर्गत हरेक बर्ष आफ्ना शेयर सदस्यहरुलाई  यस प्रकारका प्रशिक्षण अन्तरक्रिया गर्दै आएको छ। कार्यक्रममा झण्डै पचास जना अगुवा शेयर सदस्यहरुको सहभागिता रहेको थियो।
       संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्योजन  शिक्षा उपसमिति संयोजक घनश्याम बराल तथा कार्यक्रमको सञ्चालन सचिव सुर्यप्रसाद बरालले गरेका थिए।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.