• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा थन्र्डसलाई फुटसलको उपाधी


  •    अभियान हाम्रो डट कम / आइतबार, भदौ ३०, २०८१  

  • पोखरा, भाद्र

    बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्र्डस प्रथम भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबि गाइजलाई १–० गोल अन्तरले पराजित गरि उपाधी जितेको हो ।

    यसै गरि महिला फुटसलको उपाधी विनर गल्र्सले जितेको छ । उसले एन्ग्री बर्डस् लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रम संयोजक प्रविण हमालले जानकारी दिनुभएको छ ।

    खुल्ला पुरुष फुटसल तर्फको बिजेता पोखरा थन्र्डसले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कार पाएको छ । यस्तै उपविजेता एसबि गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाएका छन् । महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा किस्मत बानिया उत्कृष्ट गोलरक्षक घोषित भए ।

    यस अघि कार्यक्रममो उद्घाटन गर्दै पृथ्वी होटल संघका पूर्व सचिब एवम बाजेका सेकुवाका सञ्चालक एकराज गिरीले खेलकुदले स्वास्थ्यलाई मात्रै होइन सम्बन्धलाई पनि फाइदा पुर्याउने हुँदा प्रतियोगिताले भाइचारा अभिबृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले पेशामा इमान्दार स्वास्थ्यमा जिम्मेवार बन्न सके मात्रै जीवन सहज बन्ने बताउनुभयो ।

    बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठले शाखाका कर्मचारी र सञ्चालक विचको सम्बन्धलाई प्रगाढ बनाउन मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, संस्थाका सल्लाहकार शाह मोहम्मद, जगतमोहन गिरी, नरबहादुर भुजेल, नारायण प्रसाद पोखरेल, फणिन्द्र बराल, बरिष्ठ उपाध्यक्ष घनश्याम गौतम, सचिब धिराज श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमका संयोजक प्रविण हमाल, सह–संयोजक सन्तोष पोखरेल र विरेन्द्र रोकाहा रहेका थिए ।

    प्रथम पुरस्कारको सौजन्य युरो एशिया एचआरका सञ्चालक नारायण पोखरेल, द्धितिय पुरस्कारको सौजन्य स्विफ्ट एचआरका सञ्चालक गोविन्द रेग्मी, भेट्रान्स तर्फको ट्रफि, मेडलको सौजन्य अल्माइटी इन्टरनेशनलका सञ्चालक निरज खनाल तथा अन्य ट्रफी, मेडलका सौजन्य एम आइटी ग्लोबलका दिनेश मगरले गर्नुभएको थियो । संस्थाका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब धिराज श्रेष्ठले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.