पोखरा , भदौ
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले
कास्कीका कार्यालय थप जन मैत्री बनाउन आबश्यक भएको बताउनु भएको छ।
कास्की सेवा प्रवाह सहित बिकास आयोजनाको हिसाबले अब्बल हुनुपर्यो । आयोजनामा देखिएका ढिला सुस्ती र लापरबाहीले जनतामा निरासा बढेको र जन गुनासोको बेलैमा सम्बोधन गरेर काम गर्नु पर्यो।
पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको समीक्षा कार्यक्रमलाई बुधबार समापन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो।
भौतिक प्रगति र बित्तीय प्रगति सन्तोसजनक हुन नसक्नु र बहुबर्शिय आयोजनामा अति न्यून बजेटका कारण आयोजनामा ढिलासुस्तीले हुने गरेको भन्दै पौडेलले सो तर्फ ध्यान दिन तीन तहका सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वार्षिक कार्यक्रमहरू के के थिए, कार्यक्रमको लक्ष्य कस्तो थियो, लक्ष्यअनुसारको काम के कति भयो अर्थात् नभएको भए किन हुन सकेन, कार्यक्रम गर्दा के कस्ता समस्या र चुनौतीहरु आए? कार्यक्रमहरूलाई सफल बनाउनको लागि के के गर्नुभयो, काम गर्ने दौडानमा आएका समस्याहरूलाई समाधान गर्नको लागि के कस्ता उपाय भूमिका अपनाएर कार्यक्रमलाई सफल बनाउन भयो भन्ने जस्ता विषयहरुमा रहेर समीक्षात्मक कार्यक्रम आयोजना भएको थियो। कास्की जिल्लाका करिब २२ वटा कार्यालयहरूको उपस्थिति सो कार्यक्रम गरिएको थियो।
पहिलो दिनको कार्यक्रममा कृषि ज्ञान केन्द्रबाट हिन्दी राईले आफ्नो प्रस्तुति राख्नुभएको थियो, डिभिजन वन कार्यालयबाट कोमलराज काफ्लेले, शिक्षा विज्ञान तथा समन्वय इकाइबाट लोकनाथ पौडेलले सिँचाइ तथा जलस्रोतबाट कृष्ण बिकले मादी गाउँपालिकाबाट कोमलप्रसाद गौतमले माछापुछ्रे गाउँपालिकाबाट गोपी कृष्ण अर्यालले अन्नपूर्ण गाउँपालिकाबाट विष्णुप्रसाद पोखरेलले, रूपा गाउँपालिका अआफ्नो प्रस्तुति राख्नुभएको थियो।
त्यस्तैगरी दोस्रो दिन जलस्रोत तथा सिकाई डिभिजन कार्यालयबाट रमेशराज शर्माले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।त्यस्तैगरी नेपाल दूरसञ्चार कार्यालयबाट रामचन्द्र पोखरेल, पूर्वाधार विकास कार्यालयबाट संघीय आयोजना कार्यान्वयनबाट सुरज पौडेल,संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट कुलप्रसाद पौडेल, स्थानीय पूर्वाधार विकास आयोजनाबाट माधवजंग कार्की, लगायत मुग्लिन पोखरा खण्ड, मध्यपहाडी लोकमार्ग, सहरी विकास तथा भवन डिभिजन कार्यालय र खानेपानी सरसफाई डिभिजन कार्यालयले आफ्नो प्रस्तुति राख्नुभएको थियो।
विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि साथै इन्जिनियरहरू बीच भएको छलफलको निचोडले सबैले आआफ्नो कार्यालयबाट गरिएका कामहरू दिगो हुनुपर्ने, प्रष्ट हुनुपर्ने जनताप्रति इमान्दारिता हुनुपर्ने ,जनतालाई छिटो रिजल्ट दिनुपर्ने कुरामा सबै सहमत हुदै समापन भएको थियो। समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा ,माछापुछ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, सहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय उप प्रमुख सरिता माल र जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको थियो ।







