• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको बार्षिक समिक्षा


  •    राम्जी प्रसाद लम्साल / बुधबार, भदौ २६, २०८१  

  • भदौ  ,पोखरा
    जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ।
    कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
    कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो ।
    प्रभाबकारी कार्यान्वयनमा बिधमान कानुनी अप्ठ्यारा निराकरण गर्न सबैको पहल आबश्यक भएको भन्दै कार्कीले उत्कृष्ट प्रयासमा केन्द्रीत हुन आग्रह गर्नुभयो । सरकारका तहबिच प्रभाबकारी सहकार्य र समन्वयमा जिल्ला समन्वय समितिले कास्कीमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कार्कीले आबश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    प्रदेश सभा सदस्य गणेशमान गुरुङले आम जनताको आबश्यकतालाई ध्यान दिदै सेवा प्रबाहमा ध्यान दिन आग्रह गर्नुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बिनियोजित बजेटमा पुजिगत तथा बित्तिय खर्च विवरण न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ बिकासका नीति तथा योजना केन्द्रीत गर्न आग्रह गर्नुभयो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका हरेक कार्यालयहरू उत्कृष्ट हुनु पर्ने भन्दै चालू आर्थिक बर्षका योजना निति कार्यक्रम प्रभाबकारी रूपले कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
    समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ गुरुङ , अन्नपूर्ण गाउँ पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी , रूपाका उपाध्यक्ष लालसुब्बा गुरुङ , मादीका उपाध्यक्ष कल्पना गुरुङ सहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा धारणा राख्नुभएको थियो ।
    मंगलबार शिक्षा तथा समन्वय इकाइ ,कृषि ज्ञान केन्द्र ,सिचाइ तथा जलस्रोत ब्यबस्थापन आयोजना कार्यालय कास्की,घरेलु तथा पर्यटन कार्यालय ,डिभिजन बन कार्यालय ,स्वास्थ कार्यालय ,बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकी ,डिभिजन बन कार्यालय ,कास्कीका अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाले आफ्नो कार्यालयको समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए।
    समिक्षामा कार्यालयहरूले बार्षिक स्वीकृत बजेट कार्यक्रम ,बार्षिक लक्ष्य अनुसार भौतिक र बित्तिय प्रगती, कार्यान्वयनका उपलब्धि ,समस्या र चुनौती सहित कामको नतिजामा सुधार सम्बन्धमा छलफल गरिएको थियो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.