भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।
भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।
सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।
पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।
उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।