• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”


  •    अभियान हाम्रो डट कम / आइतबार, भदौ २३, २०८१  

  •  पोखरा
    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेदवार हुन् ।

    चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सिमित हुन्छन् । थापा भने यसपाली नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् ।

    शनिबार पोउवासंघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यक्ता रहेको उल्लेख गरे । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ । यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रहि अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरुका कयौँ समस्या र नीतिगत रुपमा भएका अपठ्याराहरु नजिकबाट महशुस गरेको बताए ।

    उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

    बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।

    बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् । त्यसैले त अहिले उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन ।

    भन्छन, “ सोचेको ठुलो काम गर्नुछ भने त्यो समुहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरुका अगाडी उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिहरुको साझा टिम हो । हाम्रो शक्ति भन्नु नै तपाइहरु हुनुहुन्छ र हाम्रो एकता छ ।“

    आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र  उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।

    व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई  कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।

    सन्तोष बस्याल 
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर
    आज २०८२ फागुन २७ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    बालेन लाई चिट्ठी” .’ विकास लुङ्गेली
    ताजा अपडेट
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर
    • आज २०८२ फागुन २७ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • बालेन लाई चिट्ठी” .’ विकास लुङ्गेली
    • निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरे
    • कुनैबेला बामकिल्ला गण्डकी अहिले एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.