• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ओझेलमा परेका तिर्थ चिनाउन पोखरामा कोटि होम हुने


  •    अभियान हाम्रो डट कम/ सोमबार, भदौ १७, २०८१  

  • पोखरा, १७ भदौ

    पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।

    सोमबार कोटी होम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमि हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए । कोटी होम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरि आफुहरुले कोटी होमको आयोजना गर्न लागेको उनले बताए । कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागि हुन सक्ने उनले बताए । ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाबनै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागि हुन सक्नुहुन्छ’ उनले भने, ‘ढुंगे साघु लुकेको तिर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’

    उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।

    रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जिवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताए । सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन ागर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।

    अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताए । उनले कोटी होममा आइ पुण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटी होममा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.