• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडानं १३ को तीज गित प्रतियोगितामा वातावरण आमा समुह प्रथम


  •    अभियान हाम्रो डट कम/ आइतबार, भदौ १६, २०८१  

  • पोखरा १६ भाद्र

       पोखरा महानगरपालिका वडानं १३ कार्यालय द्वारा शनिवार वडा कार्यालय मा आयोजना गरिएको दोस्रो खुल्ला तीज गीत प्रतियोगिता २०८१ मा वातावरण आमा समुह , छापाको चौतारा आर्वा प्रथम भएको छ ।
    प्रतियोगितामा ४२ समुहले भाग लिएका थिए ।  सो प्रतियोगितामा महिला तथा बाल कल्याण कुञ्ज सिग्देलमार्ग  कुडहर दोस्रो, कमला जैसी समुह हेमजा तृतिय तथा बाँझापाटन मिलन मार्ग आमा समुह र आर्वाली दिदि बहिनी समुह आर्वाले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट भेषभुषा तर्फ जागरण आमा समुह मोहरपानी आर्वा ले पुरस्कार हात पाऱ्यो । तेस्तै उत्कृष्ट नृत्य तर्फ काहुँखोला टोल बिकास संस्था एकमाया पौडेल समुह बिजयी भयो । प्रतियोगितामा पुरस्कार राशी प्रथम नगद ३० हजार, दोस्रो २० हजार, तृतिय १० हजार तथा सान्त्वना पाँच पाँच हजार , उत्कृष्ट भेषभुषा तथा उत्कृष्ट नृत्य तीन  हजार तथा साथमा प्रमाणपत्र राखिएको थियो ।
    तीज गीत प्रतियोगिताको उद्घघाटन बरिष्ठ चलचित्र अभिनेत्री गौरी मल्लले गर्दै तीजलाई भड्किलो नबनाउन आग्रह गरिन । उनले तीजमा दरखाने दिन मा मात्र दरखाने चलन ल्याउनु पर्ने भन्दै परम्परा मौलिकता लाई धान्दै तीज मनाउन आग्रह गरिन् । अभिनेत्री मल्लले आफु अभिनित चलचित्र कन्यादान को तीज गित, तिजको रहर आयो बरी लै बोलको गीत गाउनु  का साथै नृत्य समेत गरेकी थिइन् ।
      कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, वडान १३ का वडा अध्यक्ष किरण बराल, वडा सदस्य सुचीत तामाङ्ग, रजनी परियार, वडा सचीव अञ्जु गुरुङ्ग , रामकुमारी पौडेल, अस्मिता बराल लगायतले तीज गीत तथा तीजको महत्व का विविध पक्ष बारे धारणा राखेका थिए ।प्रतियोगिता का निर्णायकहरुमा अमर धिताल, केशब देवकोटा र सरास्वती परियार रहेका थिए ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.