• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जिते


  •    अभियान हाम्रो डट कम/ शनिबार, भदौ १५, २०८१  

  • पोखरा, भदौ १५

    गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् ।

    द्वितीय हुने म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय हुने तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे ।प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो । प्रतियोगिताको ग्राण्ड फिनालेको शनिबार गण्डकी प्रदेको सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश रहेका थिए भने सहकार्यमा प्रधानमन्त्र्री कृषि अनुनिकिकरण परियोजना खुमलटार, मुक्तिनाथ कृषि कम्पनी, राष्ट्रिय बाणिज्य वैक, कृषि विकास वैक, मुक्तिनाथ विकास वैक, आर्थिक विकास महाशाखा, लीवर्ड पोखरा , कृषि गरिमा एग्रो प्रालि , कारितास नेपाल र गण्डकी प्रदेशका विभिन्न नगर तथा गाउँपालिकाको सहयोग रहेको थियो ।

    कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य पोखरा टेलिभिजनका माधव पनेरुले राख्नु् भएको थियो भने स्वागत गीत कृषि विकास निर्देशनालय र कृषि तथा भुमिब्यवस्था मन्त्रालयका महिला कर्मचारीहरुले तीजको गीत मार्फत राख्नु भएको थियो प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक घनश्याम पाण्डेले गर्नुभएको थियो भने प्रतियोगितामा निर्णयकमा संगितकार नवराज बराल,शान्ति डोटेल, कृष्ण अकेली र विनोद शर्मा रहनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.