• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, फागुन २६, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा  


  •    अभियान हाम्रो डट कम/ शनिबार, भदौ १५, २०८१  

  • पोखरा ।

    गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

    “उद्योग व्यवसाय सरकारले संचालन गर्ने होइन । यसमा नीजि क्षेत्रकै लगानी हुनुपर्छ । व्यवसायीहरुलाई अनुकुल वातावरण बनाउने काम सरकारको हो । जसमा हामी सचेत छौं ।”, उनले भने ।

    मन्त्री थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न प्रदेश सरकारले ताकेता गरिरहेको र छलफलका कार्यक्रम समेत अगाडि बढेको जानकारी गराए । पोखरेली सबैको साझा प्रयासबाट अन्तर्राष्ट्रिय विमानस्थल भित्रेसँगै अब उडान समेत सबैको साझा प्रयासबाट नै हुने भनाई उनको छ ।
    भारतीय पर्यटक र चिनिया पर्यटकलाई आर्कषित गर्दै उनीहरुबाट लाभ लिन सक्ने खालको पूर्वाधार निर्माणमा सरकार लागिरहेको उनले बताए । पोखरा बसपार्क निर्माणमा केही समस्या देखिएता पनि त्यसको समाधान गर्ने बाटोमा तीनै तहको सरकार अग्रसर रहेको उनको भनाई छ ।

    पोखरामा बन्ने कोसेली घर अन्तर्राष्ट्रिय स्वरुपको बन्नुपर्ने र प्रदेश भित्र उत्पादन हुने वस्तुको बजारीकरणमा र प्रदर्शनमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
    होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पैसा लगानी गरेर मात्र व्यवसाय प्रवद्र्धन नहुने सरकारले नै चासो दिनुपर्ने उल्लेख गरेका छन् । साना तथा मझौला होटल व्यवसायीको हितबमोजिम प्रदेश सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने भनाई उनको छ ।

    वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्रहरी व्यवसायीसँग मिलेर नै काम गर्न इच्छुक रहेको उल्लेख गरे । उनले व्यवसायीले पनि प्रहरीलाई सहयोग पुग्ने हेतुले काम गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

    पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष ओमराज बास्तोला र पोखरा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष एवम् अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बोलेका थिए ।

    ✍️सन्तोष बस्याल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन लाई चिट्ठी” .’ विकास लुङ्गेली
    निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरे
    कुनैबेला बामकिल्ला गण्डकी अहिले एमाले र नेकपाको प्रतिनिधित्व शून्य
    ताजा अपडेट
    • बालेन लाई चिट्ठी” .’ विकास लुङ्गेली
    • निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरे
    • कुनैबेला बामकिल्ला गण्डकी अहिले एमाले र नेकपाको प्रतिनिधित्व शून्य
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८२ फागुन २६ गते मङ्गलबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.