• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानसिक रोग अस्पताल सञ्चालन गरौँ – जि.स.स. कास्की प्रमुख लिलाधर पौडेल


  •    राम्जी प्रसाद लम्साल / बुधबार, भदौ १२, २०८१  

  • भदौ १२, पोखरा

    कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको अवस्था गम्भीर देखिएको भन्दै त्यसको पहिचान, सुरक्षा र निदानका लागि छुट्टै अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो।

    पौडेलले मानसिक रोगले परिवार र समाजमा गम्भीर असर देखाउने भएकाले जिल्ला समन्वय समिति कास्कीले आफ्नो नीतिका माध्यमबाट संघीय सरकार, प्रदेश र स्थानीय तहलाई सोको व्यवस्थापनका लागि आग्रह गरिएको उल्लेख गर्नुभयो। उनले कास्कीका पालिकाहरूमा विशेषज्ञ सेवासहितको सुविधायुक्त अस्पताल निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभयो। मानसिक रोगको उपचारका लागि बिरामीहरूले काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य आवश्यक रहेको भन्दै कास्कीका सञ्चालनमा रहेका अस्पतालहरूले उक्त रोगको उपचारका लागि छुट्टै प्रभावकारी युनिट खडा गर्न आग्रह गर्नुभयो।

    कार्यक्रममा कास्कीमा मानसिक रोगको अवस्था, उपचार र चुनौती र व्यवस्थापन सम्बन्धमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ सहायक प्राध्यापक डा. राजेन्द्र घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभयो। डा. घिमिरेले स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष बजेटको व्यवस्थापनसहितका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा जिसस कास्कीका उप प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्री, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम्बहादुर नेपाली, पोखरा महानगरपालिकाका सामाजिक विकास महाशाखा अधिकृत अर्जुन नेउपाने, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि बहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासनिक अधिकृत भिष्मराज अर्याल, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, कोपिला नेपालकै कार्यक्रम संयोजक तिर्थ थापा, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का लगायतका व्यक्तिहरूले आफ्ना धारणा राख्नुभएको थियो।

    सो कार्यक्रममा कास्कीका जिसस सदस्यहरू, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूसहित सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.