• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको समिक्षा


  •    राम्जी प्रसाद लम्साल / मङ्गलबार, भदौ ११, २०८१  

  • भदौ ११,पोखरा

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय बैठक र समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ।
    बैठकले चालू आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ।
    कार्यक्रम कार्यान्वयन एकाइ कास्की जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले परियोजनाका स्वीकृत कार्यक्रमहरू उत्पादनमुखी परिणाम निकाल्ने तवरबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। पौडेलले परम्परागत तरिकाबाट भन्दा प्रभावकारी कार्यान्वयनका लागि नयाँ र वैज्ञानिक शैली अपनाउनु पर्ने भन्दै परियोजनाको मर्म अनुसार थप व्यावसायिकरण प्रबर्द्धन र आत्मनिर्भर कृषिको सबलीकरणमा जोड दिन आग्रह गर्नुभयो। पौडेलले कार्यक्रमलाई वास्तविक श्रमजिवी कृषकको पहुँचमा पुग्ने गरी निर्धारण गर्न पनि आग्रह गर्नुभयो। समृद्धिको मुख्य आधार रूपान्तरित र परिष्कृत कृषि सम्बद्ध परियोजना र कार्यक्रम भएकाले त्यसलाई उच्च प्राथमिकतामा राख्नुको विकल्प नभएको पौडेलको भनाइ थियो। श्रम र पसिना देशमै लगानी गर्ने वातावरणका लागि हरेक पालिका र सरोकारवाला निकायले व्यावसायिक कृषिमा जोड दिन आग्रह गर्नुभयो। बिषादीको प्रयोगका कारण किसानहरू रोगहरूबाट ग्रसित हुनुपरेको तथ्यांक आइरहेको सन्दर्भमा बिषादीविहीन प्राङ्गारिक कृषि प्रविधिमा जोड दिनुपर्ने पौडेलले उल्लेख गर्नुभयो।
    रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नवप्रवर्तनकारी असल अभ्यासका कार्यक्रमहरूमा जोड दिन आग्रह गर्दै उत्पादनसँगै बजारीकरणका कार्यक्रमलाई पनि केन्द्रित गरेर व्यवस्थित बनाउन आग्रह गर्नुभयो।
    कार्यक्रममा मादी गाउँपालिकाका प्रवक्ता भोज बहादुर गुरुङ, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, डिभिजन बन कार्यालयका प्रमुख कोमलनाथ काफ्ले, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, पोखरा उद्योग वाणिज्य संघका सदस्य लिलाधर चापाइ, पर्यटन तथा उद्योग कार्यालयका महराज ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि ज्ञान केन्द्र कास्कीका बागवानी विकास अधिकृत मन्जु अधिकारी, अलैंची जोन संचालन समन्वय समिति कास्कीका संयोजक इन्द्र बहादुर गौचन, तरकारी सुपर जोन संचालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी, परियोजनाका निमित्त कार्यालय प्रमुख कृषि विकास अधिकृत निशा कडेल, परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा र चालू वर्षको कार्यक्रम सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो।
    कार्यक्रम कार्यान्वयन एकाइ कास्की जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.