नेपाल फिजिकल ट्रेनिङ्ग एसोसिएसन गण्डकी प्रदेश समितिको आयोजनामा अन्तर ट्रेनिङ्ग सेन्टर फेज २ फिजिकल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
प्रतियोगिता गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री डा. टक बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आइतबार पोखरा रंगशालामा सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै मन्त्री गुरुङ्गले फिजिकल ट्रेनिङ्ग बाट भर्ति मात्र नभइ स्वस्थ रहनपनि योगदान पुग्ने बताउनु भयो । उहाँले सबै जना बिदेशी सेनामा भर्ति हुन नसके पनि अबसर नेपालको सुरक्षा निकायमा पनि रहेको बताउनु भयो ।
बिश्वमा नेपाल गौतम बुद्ध, सगरमाथा संगै बिर गोर्खालीको मुलुकको रुपमा समेत चिनिएको स्मरण गर्नुभयो । प्रतियोगितामा पोखरामा रहेका १९ वटा ट्रेनिङ्ग सेन्टरका १८० जनाप्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ८०० मिटर दौड, हिब्स र रिपिटेड लिफ्ट एण्ड क्यारी गरी तिन वटा इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रम संस्थाका संयोजक सुबेदार जितबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।








