• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई


  •    राम्जी प्रसाद लम्साल / आइतबार, भदौ ०९, २०८१  

  • नवलपुर , २०८१ भाद्र

    शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताउनु भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरेपनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताउनुभयो । ‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्यौं, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्यौं , बहस गर्यौं, तर शिक्षा कस्तो बनाउने भन्ने बहस कम गर्यौं, अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ ’ मन्त्री भट्टराईले भन्नुभयो ‘शिक्षाले देशलाई कता लैजान्छ भन्ने बहस गर्न जरुरी छ ।’

    कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताउनुभयो । ‘राजनीतिले नीतिगत नेतृत्व गर्ने हो, तर समाजको नेतृत्व शिक्षाले गर्ने हो, समाजको नेतृत्व संस्कृतिले गर्ने हो, त्यो संस्कृति, राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले गर्ने हो’ मन्त्री भट्टराईले भन्नुभयो ।
    मन्त्री भट्टराईले शिक्षाले देशलाई कता लैजान्छ भन्ने विषयको बहस मध्यविन्दु नगरपालिकाले सुरु गरेकोमा धन्यवाद दिनुभयो ।समाजमा विकास भएको नैराश्यता, समाजमा निर्माण भएको सामाजिक निराशालाई अन्त्य गर्न खुसी दिनुपर्छ, खुसी दिन सकियो भने मात्र समाजलाई परिवर्तनतर्फ उन्मुख गर्न सकिने मन्त्री भट्टराई बताउनुभयो । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम सुरु गरि सबैका लागि अनुकरणीय काम मध्यविन्दु नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

    शिक्षाको क्षेत्रमा नेपालमै पहिलो पटक नयाँ अभ्यास गर्न थालिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सुरु गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिकाले सुरु गरेको हाम्रो खुसी पाठ्यक्रम कक्षा एकदेखि आठ सम्मका बालबालिकालाई दैनिक रुपमा पढाइनेछ । पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि ६६ वटा विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पढाई हुने छ ।
    बालबालिकाको कल्याण, उनीहरुको मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन अवस्थालाई ध्यानमा राखेर पाठ्यक्रम सुरु गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.