• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रेन्टरटेनमेन्ट : संगीत, फेशन सो र झरीको फ्युजन


  •    अभियान हाम्रो डट कम / बिहिबार, भदौ ०६, २०८१  

  • पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए ।

    कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ‘ग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने विश्वास लिएको छु ।’ उनले भने । आयोजक एवम् व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले पोखरा क्षेत्र नेपालको सबै भन्दा पानी पर्ने ठाउँ भएकोले पानीसँग पोखरा र पर्यटनलाई जोडेर यस्तो कार्यक्रम गर्न लागेको कुरा सुनाए । ‘जुन, जुलाई निकै पानी पर्ने समय हो। यति नै बेला यहाँको पर्यटन निकै सुस्त हुन्छ। यही कुरालाई मध्यनजर गरेर पर्यटन प्रवर्द्धन होस् भनेर कार्यक्रम गर्न लागेका हौँ ‘ उनले भने, ‘ त्यो दिनमा आकाशबाट पानी नपरेपनि कृत्रिम बर्षा गराएर कार्यक्रम गर्नेछौं। रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको कुरा बाराही ग्रुपका कर्पोरेट म्यानेजर राज कुमार केसीले सुनाए । उनले झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिने पनि बताए । ‘समर थिममा हामीले मोडलहरुलाई ¥याम्पमा उतार्ने तयारी गरेका छौैँ ।  यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौँ ।’ उनले भने ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ । झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो कार्यक्रमलाई यसअगाडि निकै रुचाईएको थियो । यो कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली, भारत, थाइल्याण्ड लगाएतका देशबाट समेत  ‘पार्टी लभर’हरु पोखरा आउने गरेका छन् । व्यञ्जन र दि बिच बारको संयुक्त आयोजना रहेको यस कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डट कमले लिएको छ ।

    युनिस गुरुङ 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.