• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्दैछौं – शिक्षा मन्त्री भट्टराई


  •    राम्जी प्रसाद लम्साल / बिहिबार, भदौ ०६, २०८१  

  • काठमाडौं, भदौ

    शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताउनु भएको छ। मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानिय रूपमा क्रियाशील स्थानिय तहहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै छिटै प्रभावकारी अनुगमन र समन्वयका लागि जिल्ला शिक्षा समन्वय इकाईमार्फत कार्यान्वयन हुनेगरी बलियो संयन्त्र निर्माणमा मन्त्रालय लागि परेको जानकारी दिनुभयो।

    मन्त्री भट्टराईले सो कुरा मन्त्रालयको विषयगत समितिको बैठकमा बताउनु भएको हो। स्थानिय तहलाई प्रदेश र संघ सरकारको तर्फबाट वित्तीय सहयोग नै प्रमुख ठानिदै आएकोमा, त्यसो मात्र नभएर नीति निर्माण, अनुगमन र समन्वयको विषयमा स्पष्ट मार्गचित्र समेत निर्माणमा मन्त्रालय लागेको भन्दै सहकार्य र समन्वयले बजेटभन्दा महत्त्वपूर्ण काम गर्ने उल्लेख गर्नुभयो।

    सहकार्य र समन्वयको प्रभावकारी संस्कृतिको निर्माण गरेर मात्रै उत्कृष्ट नतिजा सम्भव हुने भन्दै भट्टराईले विद्यालय शिक्षा विधेयक सरकारले महत्त्वका साथ लिएको र यसको मस्यौदामाथि छलफल जारी रहेको अवस्थामा सुझाव प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन मार्फत अधिकांश समस्या हल हुने दाबी गर्नुभयो।

    बैठकमा विज्ञान प्रविधि ऐनको मस्यौदा निर्माण भइरहेको जानकारी दिंदै, शिक्षकहरूको दरबन्दी मिलाउन सरकार लागेको र शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजिमा सरकार केन्द्रित भएको भट्टराईले बताउनुभयो। हालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएको मन्त्री भट्टराईको भनाइ थियो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने नौ सदस्यीय उक्त समितिको बैठकमा मन्त्रालयले तयार पारेको अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, कक्षा दस र बारहको नतिजाको समीक्षा, स्थानीय र प्रदेश तहमा शिक्षा समन्वय समिति, अन्तरतह तथा निकाय समन्वय र विज्ञान तथा प्रविधिका विभिन्न विषयमा छलफल भएको मन्त्रालय स्रोतले बताएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.