• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा


  •    अभियान हाम्रो डट कम / आइतबार, भदौ ०२, २०८१  

  • पोखरा

    गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।
    अभिभावकको अज्ञानताले, बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारले उसको जीवनमा नकरात्मक प्रभाव पर्ने बताउँदै मन्त्री थापाले अभिभावकले यसमा विशेष ध्यान दिनुपर्ने बताए । बाबुआमा हजुरबा हजुरआमाका आनी बानी बोली व्यवहार बच्चाले नजिकबाट नियालिरहेको हुनाले त्यसै अनुरुपको सिकाई प्रति अभिभावक चनाखो हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

    “समाज परिवर्तनसँगै अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । अन्तर पुस्ता जोड्ने, बाबुआमा वा मान्यजनप्रति गरिने व्यवहार, संस्कार र संस्कृति सिकाउने जिम्मा पनि अभिभावककै हो ।”, उनले भने ।
    समाजमा भएका ज्ञान गुणका कुरा, शास्त्रमा भएका ज्ञान गुणका कुरा र बाहिरी जगतमा भएका ज्ञान गुणका कुरा अभिभावकबाट नै बालबालिकाले सिक्ने हुँदा सकरात्मक चिन्तनको विकास तर्फ लाग्नुपर्ने उनले बताए । बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सकेमात्र उनीहरुमा आत्मविश्वास र आत्मसम्मान बढ्ने भनाई उनको छ । शिक्षित र सुसंस्कृत अभिभावकले आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्नुपर्ने उनले बताए ।

    सामाजिक सञ्जालको सही प्रयोग गर्ने बाटोमा आफ्ना बालबालिकालाई डोह¥याउन अभिभावक स्वयमले सामाजिक सञ्जालको समुचित प्रयोग गर्नुपर्ने धारणा मन्त्री थापाको छ । विगतमा विद्यार्थीहरुलाई मात्र केन्द्रित गरी विभिन्न कार्यक्रमहरु गर्ने गरिएकोमा अहिले अभिभावकहरुलाई समेत समेट्ने गरी प्रदेश सरकारले कार्यक्रम तय गरेको जानकारी उनले गराए । प्रदेश सरकारले यस आर्थिक वर्षदेखि अभिभावक शिक्षा तथा वृत्ति परामर्श, मानव मूल्य र सीपको विकास जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको भनाई उनको छ ।

    शिक्षक विद्यार्थी प्रतिभा पहिचान, असल अभ्यास प्रवर्द्धन, सिक्दै कमाउदै कार्यक्रम, सिकाउनका लागि पढाइ कार्यक्रम, न्यून सिकाइ उपलव्धि भएका विषयमा अतिरिक्त कक्षाको व्यवस्था, विद्यार्थीहरुका लागि सृजनात्मक लेखन र बालबालिकाहरुका लागि साहित्यिक पुस्तक वितरण कार्यक्रमका साथै सिकाउनका लागि पढाई लगायतका महत्वपूर्ण कार्यक्रमहरु यो आवमा कार्यान्वयन हुने उनले बताए । यसका साथै शिक्षक विद्यार्थी, अभिभावक लगायतका सरोकारवालाहरुमा आत्म अनुसाशन वृद्धि गर्ने अभिप्रायले प्रदेश सरकारले यसै आ.व. देखि प्रदेशभर योग ध्यान र जीवनविज्ञानका कार्यक्रम पनि सञ्चालन गर्दैछ ।
    प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले शिष्टता, सालिनता, परिश्रमीको शिक्षा अभिभावकले नै बालबालिकालाई सिकाउन सक्ने बताए । धनको लगानी भन्दा पनि मनको लगानीको आवश्यकता रहेको उनको भनाई छ ।
    नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले अब सीप सहितको शिक्षा आवश्यकता भएको उल्लेख गरे । समयानुसारको शिक्षाले नै विद्यार्थीमा परिवर्तन आउने भनाई उनको छ । गह्रङगो पाठ्यक्रमलाई हलुका बनाउन तर्फ लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    सन्तोस बस्याल 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.