• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी खोलामा पुल नभएपछी विद्यार्थीलाई सास्ती


  •    अभियान हाम्रो डट कम/ बिहिबार, साउन ३१, २०८१  

  • खोलामा पुल नभएपछि विद्यालय पुग्न नै विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । केदारस्युँ गाउँपालिकाको कैलाश माध्यमिक विद्यालय, लोतुमा अध्ययनरत विद्यार्थीले सास्ती भोग्नुपरेको हो ।

    ‘विद्यालय पुग्न गण्डकी खोला पार गर्नु पर्छ । खोलामा पुल छैन् । पानी पर्दा भेल आउँछ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिन्छ’ कक्षा १० मा अध्ययनरत छात्रा पवित्रा जोशीले दुखेसो पोख्नु भयो । कैयौँ पटक किताब झोला भिज्छ, साथीहरु चोट पटक लागेर घाइते हुने भएको उहाँले बताउनु भयो ।

    खोला पारिका करिव ५० बालबालिका विद्यालयमा अध्ययन गर्ने गरेको विद्यालयका शिक्षक महेश जोशीले बताउनु भयो । वर्षा भयो भने बाढीका कारण बालबालिकाहरु जोखिम मोल्दै विद्यालय पुग्नु पर्ने बाध्यता रहेको र मल्लेसी, भलात, धरायन, खेती, सिलम्मीलगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले समेत सास्ती खेप्दै आउनु भएको उहाँले बताउनु भयो ।

    पुल नहुँदा वर्षायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ । गएको साता विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते समेत हुनुभएको कक्षा ८ मा अध्यनरत छात्र मनोज जोशीले गुनासो गर्नु भयो ।

    पुल निर्माणको लागि वडाले गाउँपालिकासँंग छलफल गरेको भए पनि हाललाई निर्माण गर्ने उपयुक्त ठाउँ नभेटिएकाले जनप्रतिनिधी सहित स्थानीयहरु मिलेर काँठको साँघु हालेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष सुरेश जेठाराले बताउनु भयो ।

    सो स्थानमा लामो पक्की पुल आवश्यक हुनेभएकोले गाउँपालिकाको बजेटबाट सम्भाव नहुने भएपछि प्रदेश सरकारसँग माग गरिएको भए पनि हालसम्म सुनवाई हुन नसक्दा बालबालिका तथा स्थानीयहरुले समस्या भोग्नु परेको केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

    सत्यराज सिंह

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.