मेष – बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ।
वृष – परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला।
मिथुन – आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ। धन मान पाउने योग छ। नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ।
कर्कट – आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
सिंह – आमदानिको नयाँश्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ।
कन्या – बैदेशिक कार्यमा असफलभै दुख्ख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।
तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ ।कृषि तथा पशुपालनमा फाइदा होला ।
वृश्चिक – धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
धनु – नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
मकर – स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ ।
कुम्भ –मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।
मीन – स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिलनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ ।








