• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मादी गाउँपालिका २ मा सार्वजनिक सुनुवाई सम्पन्न


  •    अजय क्षेत्री / बिहिबार, साउन २४, २०८१  

  • पोखरा, २४ साउन

    कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए ।

    कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए ।

    सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका उप प्रमुख कल्पना गुरुङ्ले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफुले गरेका कामको बारेमा सरोकारवालाहरुलाई जानकारी दिनुपर्नेमा जोड दिईन् ।

    कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङ्ले वडा समिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङ्ले आगामी दिनहरुमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए ।

    सार्वजनिक सुनुवाई कार्यक्रमममा वडा सदस्य पुर्णसुब्बा गुरुङ्ले आफुहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् । उनले जुनसुकै समयमा पनि आफुहरु वडाबासीको सेवामा तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन वडा सचिव बसन्त थापा मगरले गरेका थिए ।

    सेवा प्रवाहवारे जानकारी गराउने क्रममा वडाध्ष्क्ष गुरुङ्ले मादी गाउँपालिकाबाट १ करोड ३६ लाख  र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरि जम्मा १ करोड ५१ लाख रकम विभिन्न योजना तथा कार्यक्रम गरि रकम विनियोजन भएकोमा यस वर्ष मादी गा.पा. वडा नम्बर २ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको दावी गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.