• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालको राजनैतिक,आर्थिक,सामाजिक,साँस्कृतिक क्षेत्रहरुलाई उल्लेखनीय सुधार भए जनताले बंगलादेश झै बिद्रोह चहादैन

"नेपालको राजनैतिक,आर्थिक,सामाजिक,साँस्कृतिक क्षेत्रहरुलाई उल्लेखनीय सुधार भए जनताले बंगलादेश झै बिद्रोह चहादैन "

  •    लक्ष्मी तामाङ / बुधबार, साउन २३, २०८१  

  • नेपालको राजनैतिक,आर्थिक,सामाजिक,साँस्कृतिक क्षेत्रहरुलाई उल्लेखनीय सुधार गरि सम्बिधानले प्रधान गरेको जनताको आधारभुत आबश्यकता पूरा गर्न सरकार र राज्य छ भनी अनुभुत गराउन नेपाललाई श्रीलंका र बंगलादेश झै बिद्रोह चाहेको होइन र हुनुपनी हुदैन।बिगत श्रीलंकाको बिद्रोहले त्यो देशको राजनैतिक संरचनामा के संस्कार दिन सक्यो र भोलि बंगलादेशले के दिन सक्छ त्यसको उपलब्दी हेर्दा र हेर्नुपर्दा जनतामा लोकतन्त्रको प्रतिबन्धै हो।

    बंगलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको आन्दोलन कति पुरानो र कहिलेदेखि  सुरु ? - Malayakhabar

    झ्वाट्ट हेर्दा युबाहरुको सामान्य मागको थलानीबाट सुरु भएको आन्दोलनले देशको शासकनै बर्खास्त गराउन सक्ने सम्मको सुन्दर बिद्रोह लाग्छ,आदर्श,बहादुरी लाग्छ तर सहि कार्यदिशा, बिचारधारा राखेर सहि नेतृत्वले आन्दोलनको नेतृत्व नगराउदा सेना सामु सत्ता पुगेको छ र बिस्वस्नियता त्यहाँ छैनकी सेनाले विद्यार्थीको माग पूरा गराउछ भन्ने।हरेक देशको सत्ता र राजनितिको उथलपुथलमा बाह्या हात रहन्छ नै अब पछि हुन सक्ने फेरबदलमा त झन अबस्यनै जहाँ बंगलादेशको सामाजिक ,भौतिक पुर्बाधारहरुमा चिनको लगानी र त्यो देशको शासकको चिन प्रतिको झुकाबले पारेको र पार्नसक्ने प्रभाबलाई तेस्रो मुलुकले बुझेको हुन्छ र भोलिको बंगलादेशको शासक आफ्नो अनुकुलको होस पनि चहान्छ त्यसैले अब तेस्रो मुलुकको राणनीति भनेको दक्षिण एसियामा चिन विरुद्धनै हो।

    छिमेकी देश श्रीलंका र बंगलादेशको बिद्रोहलाई नजिकबाट हेरिरहेको हामी नेपाली पनि अब यस्तै बिद्रोह नेपालमा पनि होस भन्ने जन स्तरबाट चाहेको देखिन्छ तर राजनैतिक,आर्थिक,सामाजिक,धार्मिक,सांस्कृतिक संरचनाको बिकासका खराबी ब्यक्तिहरु शेरबहादुर,प्रचण्ड र केपि ओलि मात्रै हुन त?यिनिहरु त अग्रपंक्तिमा उभिएका र उभाइएका पात्रहरुमात्र हुन।पृष्ठभुमिमा यिनिहरुका पक्षपोषण गरिरहने खम्बाहरु त यिनिहरु भित्रको पहिलो,दोश्रो,तेस्रो तहका नेताहरु,त्यसका भरौटे झोलेहरु,घुसखोरी,तस्करी,दलालियुक्त ठेकेदार,कर्मचारी,पत्रकार,ब्यापरी,उद्योगि र हामी जस्ता पार्टी महाजनले भोट जहाँ देउ भन्छ त्यही दिने भोटर,रक्सी र मासुमा भोट साट्ने भोटर,रास्त्रीयताको मुद्दा भन्दानी आफ्नो मागमा भोट बन्दगी राख्ने भोटर अनि ट्राफिक नियम उलंघन गरेर नेताको पवार लगाएर ट्राफिक थर्काउने,गाँजा,चरेस बोक्दा समाएको छोरालाई छुट्ट्याउ नेताको शक्ति देखाएर आन्दोलन गर्ने,परिक्षामा फेल भएको छोरिलाई पास गराउन नेता खोज्ने यी सबै कुसंस्कारलाई त बिद्रोहले देश निकाला गराउन सकिन्ननि।

    देशको कर्मचारितन्त्र,पत्रकारिता,उपभोग समिती,ठेक्काप्रणाली ,जननिर्वाचित संरचनामा हेर्ने हो भने ८०% प्रतिशात शिक्षित युबाहरुको सहभागिता देखिन्छ अब हामी सोचौ ८०% शिक्षित युबाहरु सहाभागीता भएको संरचनामा भ्रष्टाचार,घुसखोरी,तस्कर ,दलाली किन भयो र देशको संस्कारित संरचनामा युवाले बिगारिरहेको छकी बुढापाकाले? यदि यो ८०% युवा सहि सस्कार बोकेर समाज निर्माण गरिरहेको छन भने बाकी २०%लाई सुधार्न कुन आइतबार पर्खेर बंगलादेशको उदाहरण दिनुपर्ने हो र हामी आफैले आफैलाई?अनि हामिले गर्ने भन्ने बिद्रोहबाट के अपेक्षा गर्ने ? त्यसैले हाम्रो संविधानले परिकल्पना गरेको जातिय,लिंगिय,क्षेत्रीय,भौगोलिक,सीमान्तकृत बर्ग सबैलाई मान्य हुने समानुपातिक,समाबेशी निर्बाचन प्रणाली छ मात्र यहाँ एक शासक होइन सयौ भ्रष्टाचारि,कमिसनधारी,घुसखोरी दलालीयुक्त उप सासकहरु छन जसको अन्त्य निर्वाचन प्रणालीनै हुन जहाँ जनताले बिना क्षेती आफ्नो अधिकार प्रयोग गरेर शासकलाई निकाल्न सकिन्छ।

    लेखक  लक्ष्मी तामाङ  सर्लाही  बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.