सूर्योदयको पवित्र किरणमा, तिम्रो अनुहारको उज्यालो देख्छु,
जसरी हिमालको टुप्पा, सुनौलो रेखाले सिँगारिन्छ।
तिमी र म, यो हरियो वनको गोदमा,
प्रकृतिको सुगन्धमा, हामी दुईको आत्मा एकाकार हुन्छ।
पानीका झरनाहरूको संगीतमा, तिम्रो हाँसो गुञ्जिन्छ,
पातको फर्फराहटमा, तिम्रो स्पर्शको मिठास महसुस हुन्छ।
जंगलको शीतलतामा, तिम्रो न्यानो अँगालोले,
मेरो मनको हरेक दुःखलाई विसर्जन गर्छ।
फूलहरूको सुवासले, तिम्रो माया झल्काउँछ,
तिमी र म, यो प्रकृतिको महाकाव्यमा, पात्र जस्तै।
झरानाहरुको लहरमा, तिम्रो नामको ध्वनि सुनिन्छ,
रातको नीलिमा, तिम्रो आँखा ताराहरूझैं चम्किन्छ।
तिमी र म, यो अनन्त आकाश मुनि,
चन्द्रमा र ताराहरूले हामीलाई साक्षी राख्छ।
हाम्रो प्रेम, प्रकृतिको यस अद्वितीय काखमा,
झरनाको तालमा, हाम्रा धड्कनहरू लयबद्ध हुन्छन्।
तिमी र म, समुन्द्रको किनारमा, लहरहरूको खेलमा,
साथमा हामीले लेखेका प्रेमका पृष्ठहरू,
यो प्रकृतिले हाम्रा कथाहरू गुनगुनाउँछ,
हाम्रो प्रेमको गीत, प्रकृतिको गाथा बन्छ।
जसरी पहाड र नदीले सधैं सँगै बाँच्छन्,
हाम्रो प्रेम पनि त्यस्तै अटल छ।
तिमी र म, अनि यो प्रकृति,
एक साथ मिलेर, जीवनको सुन्दर यात्रा तय गर्छौं।
तिमी, म, अनि यो प्रकृतिको कविता,
प्रेम र सौन्दर्यको अनन्त मिलन,
हामी सधैं सँगै, यो शाश्वत संसारमा,
प्रकृतिको हृदयमा, प्रेमको गीत गाउँदै।
फुरेको स्थान: कोर्चोन डाँडा
लेखक : मन गुरुङ
साभार : फेसबुक वालबाट







