(१)
ए मान्छे!
तिमीले,
मुन्टो हल्लाएर दायाँबायाँ गर्दा
‘अहँ’ ‘हुँदैन’ भन्ने अर्थ लाग्छ,
दुई हात बेस्सरी झड्कारेर आक्रोश पोख्दा
‘अस्विकार’को सङ्केत मिल्छ!
मैले पनि,
ठिक तिमीले जस्तैगरि
मुन्टो हल्लाएर दायाँबायाँ गर्दा
‘हुन्छ’ भनेर ‘मानेको’ ठान्ने
जिउ बेस्सरी झड्कारेर आक्रोश पोख्दा
मृत्यु ‘स्वीकार’ गरेको बुझ्ने!
यो कस्तो व्याख्या गर्यौ?

(२)
ए मान्छे!
आउ मलाई
सम्झाईदेउ,
पृथ्वीको कुन प्राणीले
आफ्नै आँखा सामु
अस्वभाविक मरणको निम्ती
आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्छ?
(३)
ए मान्छे!
तिमीले पनि कहिलेकाहीं
एकले अर्कोलाई ‘मलाई जस्तै’
‘बलिको बोको’ बनाउछौ
खै कहिल्यै छप्काएको देखिदैन!
अन्तिममा के कुरा मिल्छ त्यस्तो?
