मेष – ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ। परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला।
वृष – नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
मिथुन – पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला। आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ।
कर्कट – प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । आमदानिको नयाँश्रोत फेला पर्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
सिंह- स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला।
कन्या – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।
तुला – स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिलनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।
वृश्चिक – बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ भने धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ ।
धनु – घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
मकर – भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।
कुम्भ – आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
मीन – कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।