मेषः शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ कसैले दिएको खाने कुरा पनि नखानुहोला ।
वृषः उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । समग्रमा समय राम्रा छने, भरपूर उपयाृग गर्नुहोला । पूर्व दिशाको यात्रा पनि फलदायी हुनेछ ।
मिथुनः विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ ।
कर्कटः स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ ।
सिंहः आज खानपानमा पनि ध्यान दिनुहोला ।नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नयाँ मित्र भेट, नयाँ कार्यको थालनी हुनेछ भने आज उत्तर दिशाको यात्रामा कुनै पनि काम नबन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
कन्याः आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । टाढाको यात्रामा निस्कनु पनि उपयक्त छैन ।
तुलाः आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ । आज सकभर उत्तर यात्रा नगर्नु नै राम्रो, यदि गर्नैपर्ने भएमा धार्मिक उपाय अपनाएर मात्र गर्नुहोला । पानीबाट विशेष सतर्क हुनुहोला ।
वृश्चिकःजुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ ।
धनुः घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ ।पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ ।
मकरः आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर-सत्कार पाइनेछ ।
कुम्भः जोश, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । धार्मिक कार्य गर्नु भएका आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।
मीनः व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।