• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल–भारत विद्युत् व्यापारको इतिहासमा नेपाल पहिलोपटक नाफामा ,

"नेपाल–भारत विद्युत् व्यापारको इतिहासमा नेपाल पहिलोपटक नाफामा , "

  •    अभियान हाम्रो डट कम/ सोमबार, साउन १४, २०८१  

  • नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त गत आवको विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । परिमाणका आधारमा एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात भएको थियो । निर्यात भने १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको भएको छ ।

    परिमाणका आधारमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको देखिन्छ । त्यसअनुसार रकमका आधारमा आयातभन्दा १३ करोड २३ लाख रुपैयाँ बढीको निर्यात भएको छ । परिमाणका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको तथ्यांकमा छ ।

    अघिल्लो आवमा ०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । निर्यात भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको मात्रै थियो । त्यसअनुसार अघिल्लो आवको विद्युत् व्यापारमा नेपाललाई आठ अर्ब ९८ करोड ९० लाख रुपैयाँ घाटा (निर्यातभन्दा आयात बढी) थियो ।

    यो वर्ष भने नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गरेको छ । नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना छन् । त्यो अवस्थामा खोेलामा पानी कम हुँदा विद्युत्को उत्पादन पनि कम हुन्छ । जुन वेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । बर्खामा खोलामा पानीको बहाव धेरै हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसवेला स्वदेशी माग पूरा गरेर पनि भारतमा विद्युत् निर्यात गरिन्छ ।

    यसअघि यसरी हुने विद्युत् व्यापार (आयात–निर्यात)मा नेपाल घाटामा थियो । गत आवदेखि नेपाल खुद विद्युत् निर्यात बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । स्वदेशी उत्पादन बढ्दै गएपछि नेपाल खुद निर्यातकर्ता बन्न सफल भएको उनको भनाइ छ । ‘यसले सांकेतिक रूपमा ठूलो महत्व राख्छ । ऊर्जा क्षेत्रका लागि यो कोसेढुंगा हो,’ उनले बताए ।

    नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । भारतमा विद्युत् निर्यात भने सन् १९७२ देखि सुरु भएको थियो । त्यसवेला भारतकै सहयोगमा बनेको २५ मेगावाटको त्रिशूली जलविद्युत् परियोजनाबाट पाँच मेगावाटसम्म बिजुली भारतमा निर्यात गरिएको प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् ।

    उक्त परियोजनाको विद्युत् त्रिशूली–काठमाडौं–कुलेखानी–वीरगन्ज (६६ केभी प्रसारण) लाइन हुँदै भारतको रक्सौलमा निर्यात गरिन्थ्यो । यस्तै, जोगबनी र रामनगरस्थित प्रसारणलाइनबाट भारतका विभिन्न प्रदेशमा पठाइन्थ्यो । यद्यपि, स्वदेशी माग धान्न नसकेपछि बीचमा विद्युत् निर्यात रोकिएको थियो ।

    घोषका अनुसार त्यसवेला भारतको रक्सौलमा विद्युत्को पहुँच थिएन । केही घर परिवारले जेनेरेटरबाट बिजुली बाल्ने गर्दथे । त्यो अवस्थामा नेपालले रक्सौललाई विद्युत् दिएर उज्यालो बनाएको उनी बताउँछन् । यद्यपि, अन्य अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत् आयात पनि गरिएको थियो । नेपाल–भारतबीच त्यसरी सुरु भएको अन्तरदेशीय विद्युत् व्यापार ५३ वर्षपछि नाफामा गएको हो । यद्यपि, हिउँदमा विद्युत् आयात गर्नुपर्ने बाध्यता पनि कायमै छ ।

    नेपाल र भारतबीच व्यावसायिक रूपमा विद्युत् आदान–प्रदान भने कात्तिक ०७८ यता मात्रै भएको हो । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो), विद्युत् आदान–प्रदान सम्झौता र महाकाली सन्धिअनुसार विद्युत् आयात–निर्यात हुने गर्दथ्यो । महाकाली सन्धिअनुसार नेपालले भारतबाट वार्षिक सात करोड युनिट विद्युत् निःशुल्क पाइरहेको छ । भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात भने कात्तिक ०७८ मा सुरु भएको हो । भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ ।

    नेपालले भारतको ‘इनर्जी एक्सचेन्जको डे अहेड मार्केट’मा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले ३ नोभेम्बर ०२१ नोभेम्बरमा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि. (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा गरेर दैनिक सात–आठ सय मेगावाट विद्युत् भारतमा बिक्री भइरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे तापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए । ‘६/७ वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो । तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे तापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो । अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ । थोरै परिमाणमा खुद निर्यातकर्ता भए तापनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुंगा हो,’ उनले बताए ।

    १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् किन्ने सम्झौता 
    नेपाल र भारतबीच २०१४ मा विद्युत् व्यापार सम्झौता भएको थियो । त्यसकै आधारमा अहिले नेपाल र भारतबीच व्यावसायिक रूपमै विद्युत् आदान–प्रदान भइरहेको छ । पहिला नेपाल र भारतबीच अल्पकालीन विद्युत् व्यापार मात्रै हुने गरेको थियो ।

    गत वर्ष १८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार गर्ने समझदारी भएको थियो । त्यसको अन्तिम सम्झौतापत्रमा गत पुसमा हस्ताक्षर पनि भइसकेको छ । यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ । यो सम्झौताअन्तर्गत ६०० मेगावाट विद्युत् मध्यकालीन रूपमा बिक्री गर्ने गरी भारतसँग सम्झौता भइसकेको छ ।

    साभार नयापत्रिका

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.