• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल–भारत विद्युत् व्यापारको इतिहासमा नेपाल पहिलोपटक नाफामा ,

"नेपाल–भारत विद्युत् व्यापारको इतिहासमा नेपाल पहिलोपटक नाफामा , "

  •    अभियान हाम्रो डट कम/ सोमबार, साउन १४, २०८१  

  • नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त गत आवको विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । परिमाणका आधारमा एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात भएको थियो । निर्यात भने १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको भएको छ ।

    परिमाणका आधारमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको देखिन्छ । त्यसअनुसार रकमका आधारमा आयातभन्दा १३ करोड २३ लाख रुपैयाँ बढीको निर्यात भएको छ । परिमाणका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको तथ्यांकमा छ ।

    अघिल्लो आवमा ०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । निर्यात भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको मात्रै थियो । त्यसअनुसार अघिल्लो आवको विद्युत् व्यापारमा नेपाललाई आठ अर्ब ९८ करोड ९० लाख रुपैयाँ घाटा (निर्यातभन्दा आयात बढी) थियो ।

    यो वर्ष भने नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गरेको छ । नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना छन् । त्यो अवस्थामा खोेलामा पानी कम हुँदा विद्युत्को उत्पादन पनि कम हुन्छ । जुन वेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । बर्खामा खोलामा पानीको बहाव धेरै हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसवेला स्वदेशी माग पूरा गरेर पनि भारतमा विद्युत् निर्यात गरिन्छ ।

    यसअघि यसरी हुने विद्युत् व्यापार (आयात–निर्यात)मा नेपाल घाटामा थियो । गत आवदेखि नेपाल खुद विद्युत् निर्यात बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । स्वदेशी उत्पादन बढ्दै गएपछि नेपाल खुद निर्यातकर्ता बन्न सफल भएको उनको भनाइ छ । ‘यसले सांकेतिक रूपमा ठूलो महत्व राख्छ । ऊर्जा क्षेत्रका लागि यो कोसेढुंगा हो,’ उनले बताए ।

    नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । भारतमा विद्युत् निर्यात भने सन् १९७२ देखि सुरु भएको थियो । त्यसवेला भारतकै सहयोगमा बनेको २५ मेगावाटको त्रिशूली जलविद्युत् परियोजनाबाट पाँच मेगावाटसम्म बिजुली भारतमा निर्यात गरिएको प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् ।

    उक्त परियोजनाको विद्युत् त्रिशूली–काठमाडौं–कुलेखानी–वीरगन्ज (६६ केभी प्रसारण) लाइन हुँदै भारतको रक्सौलमा निर्यात गरिन्थ्यो । यस्तै, जोगबनी र रामनगरस्थित प्रसारणलाइनबाट भारतका विभिन्न प्रदेशमा पठाइन्थ्यो । यद्यपि, स्वदेशी माग धान्न नसकेपछि बीचमा विद्युत् निर्यात रोकिएको थियो ।

    घोषका अनुसार त्यसवेला भारतको रक्सौलमा विद्युत्को पहुँच थिएन । केही घर परिवारले जेनेरेटरबाट बिजुली बाल्ने गर्दथे । त्यो अवस्थामा नेपालले रक्सौललाई विद्युत् दिएर उज्यालो बनाएको उनी बताउँछन् । यद्यपि, अन्य अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत् आयात पनि गरिएको थियो । नेपाल–भारतबीच त्यसरी सुरु भएको अन्तरदेशीय विद्युत् व्यापार ५३ वर्षपछि नाफामा गएको हो । यद्यपि, हिउँदमा विद्युत् आयात गर्नुपर्ने बाध्यता पनि कायमै छ ।

    नेपाल र भारतबीच व्यावसायिक रूपमा विद्युत् आदान–प्रदान भने कात्तिक ०७८ यता मात्रै भएको हो । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो), विद्युत् आदान–प्रदान सम्झौता र महाकाली सन्धिअनुसार विद्युत् आयात–निर्यात हुने गर्दथ्यो । महाकाली सन्धिअनुसार नेपालले भारतबाट वार्षिक सात करोड युनिट विद्युत् निःशुल्क पाइरहेको छ । भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात भने कात्तिक ०७८ मा सुरु भएको हो । भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ ।

    नेपालले भारतको ‘इनर्जी एक्सचेन्जको डे अहेड मार्केट’मा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले ३ नोभेम्बर ०२१ नोभेम्बरमा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि. (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा गरेर दैनिक सात–आठ सय मेगावाट विद्युत् भारतमा बिक्री भइरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे तापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए । ‘६/७ वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो । तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे तापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो । अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ । थोरै परिमाणमा खुद निर्यातकर्ता भए तापनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुंगा हो,’ उनले बताए ।

    १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् किन्ने सम्झौता 
    नेपाल र भारतबीच २०१४ मा विद्युत् व्यापार सम्झौता भएको थियो । त्यसकै आधारमा अहिले नेपाल र भारतबीच व्यावसायिक रूपमै विद्युत् आदान–प्रदान भइरहेको छ । पहिला नेपाल र भारतबीच अल्पकालीन विद्युत् व्यापार मात्रै हुने गरेको थियो ।

    गत वर्ष १८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार गर्ने समझदारी भएको थियो । त्यसको अन्तिम सम्झौतापत्रमा गत पुसमा हस्ताक्षर पनि भइसकेको छ । यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ । यो सम्झौताअन्तर्गत ६०० मेगावाट विद्युत् मध्यकालीन रूपमा बिक्री गर्ने गरी भारतसँग सम्झौता भइसकेको छ ।

    साभार नयापत्रिका

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.