मेष- आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।
वृष – हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ। धन मान पाउने योग छ। नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ।
मिथुन – पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला। आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ।
कर्कट – भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।
सिंह – कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
कन्या – आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ ।
तुला – अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ ।
वृश्चिक – भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विबाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।
धनु- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
मकर- छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।
कुम्भ – आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन ।
मीन – बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ ।