• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड


  •    अभियान हाम्रो डट कम/ शनिबार, साउन १२, २०८१  

  • पोखरा ।

    पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड लागेको छ । भदौ १० गते कृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त प्रवचन कार्यक्रमको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य भक्तजनले सहभागीता जनाएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

    एक महिने प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजद्धारा प्रवचन जारी रहेकाले भक्तजनहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समेत ढकालले जानकारी दिए ।

    शनिवार उक्त समारोहमा सहभागी भएका पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिर कृष्ण भक्तहरुको मात्र नभइ हिन्दु धर्मावलम्बीको केन्द्रविन्दु रहेको वताए । श्रीकृष्ण प्रणामी मन्दिरमा जग्गा अभावका कारण योग तथा ध्यान शिविरका लागि ठाउ नभएको वताउदै आफ्नो वडाबाट कुनैपनि खाली ठाँउ उपलब्ध गराएर योग तथा ध्यान शिविर निर्माण गरेर श्रीकृष्ण प्रणामी मन्दिरमा सहयोग गर्ने वताउदै हाल जारी रहेको कार्यक्रमका लागि पोखरा महानगरपालिका वडा नं ७ को तर्फबाट एक लाख रुपैया प्रदान गर्ने वताए ।

    जारी रहेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजद्धारा प्रवचन र लिलाम्बर सापकोटा उपवाचक रहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले भक्तजनहरुलाई भजन मार्फत मनोरन्जन प्रदान गरिरहेका छन ।

    यसैविच श्रीकृष्ण प्रणामी जिल्ला युवा परिषदको २० औ साधारण सभा तथा सातौ अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनबाट तोयनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भउको छ । जसको निवर्तमान अध्यक्ष बिजय शर्मा, उपाध्यक्षमा शिशिर ठकुरी, सचिवमा उमेश बजगाइ, कोषाध्यक्षमा परिवेश रेग्मी, सह सचिवमा असिम ढकाल र सह कोषाध्यक्षमा राज बराल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा विराज बराल, गंगा प्रसाद न्यौपाने र मध्यमा खतिवडा रहेका छन ।

    श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको संयोजन तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम पुरुषोत्तम रेग्मी र जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा सदस्य रहेको निर्वाचन मञ्डलले नया कार्यसमिति चयन गरेका थिए ।

    नया कार्यसमितिलाई श्रीकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष मोहन ढकाल, समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका निवर्तमान अध्यक्ष डाक्टर दयाराज ढकाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

    आगामी भदौ १० गते सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन दैनिक ११ बजेदेखी २ बजे सम्म जारी रहने भएकाले पोखरामा रहेका जो कोहीले पनि उक्त कार्यक्रममा सहभागीता जनाउन सक्ने श्रीकृष्ण प्रणामी मन्दिर सञ्चालक समितिका अध्यक्ष मोहन ढकालले वताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.