• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट्बार्ता


  •    राम्जी प्रसाद लम्साल / शुक्रबार, साउन ११, २०८१  

  • काठमाडौं, साउन १०

    शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो ।

    सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले नेपाल-जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पु¥याउन नेपालमा आईसीटी शिक्षालाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाले नेपाली शिक्षाको क्षेत्रमा जापान सरकारको थप मजबुत सहयोगको अपेक्षा गर्दै पर्यटन अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशभरका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन आग्रह गर्नुभयो ।

    जापानी विद्यार्थीलाई पनि उच्च शिक्षाका लागि नेपाल आउन प्रेरित गर्ने क्षेत्र सिर्जना गर्न आफूहरू तत्पर रहेको शिक्षामन्त्रीको भनाइ थियो।

    मन्त्री भट्टराइले एसिया प्यासिफिक युनिभर्सिटीमा नेपाल विद्यार्थी पूर्व छात्र संघको स्थापनामा आफ्नो समर्थन रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नेपाल र जापानबीच थप सहकार्यको अपेक्षा राख्नुभयो । उहाले प्रारम्भिक बैठकले शैक्षिक सम्बन्धलाई सुदृढ गर्ने र आपसी विकासलाई बढावा दिने आशाजनक संवादको सुरुवात भएको उल्लेख गर्नुभयो ।
    राजदूत किकुता युताकाले नेपाल र जापानबीचको दीर्घकालीन र सकारात्मक सम्बन्धमा जोड दिँदै शिक्षाले यी सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । उहाले दुई देशबीच सहकार्यका थप अवसर खोज्ने समेत उल्लेख गर्नुभयो ।
    त्यसैगरी उक्त भेटमा सहभागी एसिया प्यासिफिक युनिभर्सिटी का उपाध्यक्ष ओकामुरा योसिफुमीले १०९ देशका ३ हजार जापानी र ३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीसहित ६ हजार विद्यार्थी भर्ना भएको एपीयूमा नेपाली विद्यार्थीको बढ्दो उपस्थितिबारे चर्चा गर्नुभयो । एसिया प्यासिफिक युनिभर्सिटी को फोकस तीनवटा एशिया प्यासिफिक संकाय, अन्तर्राष्ट्रिय व्यवस्थापन, र दिगो पर्यटनरहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा विशेष गरी वातावरण र पर्यटनले नेपालको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सक्छ भन्ने अनुसन्धानले नेपाली विद्यार्थीहरूलाई फाइदा पुग्ने र राष्ट्रिय विकासमा योगदान पु¥याउन सक्ने कुरामा जोड दिनुभयो ।

    उपाध्याक्ष योसिफुमिले भूराजनीतिक चुनौतीका बाबजुद नेपालको सम्भावनाको चर्चा गर्दै जापानले नेपालको शैक्षिक क्षेत्रमा कसरी सहयोग गर्न सक्छ भन्नेमा चासो देखाउनु भएको थियो । उहाले पोखरामा भएको प्रभावशाली विकासको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि विद्यार्थीसँग सहकार्य गर्ने प्रतिबदत्ता ब्यक्त गर्नुभयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.