• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक महिने श्रमदवीतक एवं श्रीकृष्ण कथा प्रवचन शुरु


  •    अभियान हाम्रो डट कम/ बिहिबार, साउन १०, २०८१  

  • पोखरा ।

    पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने वताए ।

    धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समिति संग साथमा रहेर सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । स्थानीय निकायहरु संग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने समेत मन्त्री थापाले प्रतिवद्धता ब्यक्त गरे ।

    सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले दुखलाई भुल्याउन सहयोग पु¥याउने वताए ।

    त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७,८,९,६,१७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले श्रावण महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकता तर्फ मानिसहरुलाई जागरुक गराउन सहयोग पुग्ने बताए । भौतिक पूर्वाधार निर्माण संगै आध्यात्मिक कार्यक्रमहरुलाई समेत समेटेर लैजान प्रमुख अतिथि समक्ष आग्रह समेत गरिन ।

    सो अवसरमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धाम डांडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले वोलेका बोलेका थिए । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।

    सो अवसरमा धर्मप्रचारिका जमुना माता र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका अध्यक्ष विजय बजगाइ लगायत समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

    श्रावण १० देखी भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.