काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य विमान दुर्घटना भएको छ ।बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । दुर्घटनापछि अहिले उद्धार जारी रहेको छ। उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्नेछ। विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएर केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।