अपाङ्गता हुनु भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशी गाउँपालिका-२ का ३२ वर्षीय टेकबहादुर नेपालीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई साउन ६ गते अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ७ गते गरिएको छ ।