पोखरा ५ साउन ।
पोखरा १३ आर्वा स्थित श्री मोहरपानी आदर्श टोल विकाश संस्थामा निजी लगानीमा टेवल टेनिस कोर्ट निर्माण गरिएको छ ।
युवा समाजसेवी, व्यवसायी रबि बराल (रबि हार्डवेयर ) ले आफ्नो निजी लगानीमा कोर्ट बनाईदिएका हुन् । रबि सहित स्थानिय युवा समाजसेवी मधु श्रेष्ठ, राजु सुनार सहितले सहयोग गरेका थिए । कोर्ट निर्माणमा प्राविधिक सहयोग ईञ्जिनियर प्रकाश वाग्ले ,अमिन प्रकाश सिग्देल प्रशिक्षक दिपकराज गिरीको पनि महत्वपूर्ण सहयोग रहेको छ । टेवल टेनिस कोर्ट बनाउँदा झण्डै ४० हजार रुपयाँ खर्च भएको श्री मोहरपानी आदर्श टोल विकाश संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
यसैबिच शनिवार एक कार्यक्रमको आयोजना गरी नव निर्मित टेवल टेनिस कोर्टको उद्घाटन गरिएको छ । कार्यक्रममा युवा समाजसेवी रबि बराल ले आफ्नो सोंच संधै समाजसेवा गर्ने रहेको भन्दै हिजो आज तथा भोलिका दिनहरुमा पनि यस प्रकारका सहयोगहरु गर्दै जाने बताए । उनले गाउँ गाउँमा यस प्रकारका खेलकुदका कोर्ट मैदान तथा खेलकुद संग सम्बन्धीत गतिविधी गर्न सक्ने हो भने ग्रामिण क्षेत्रमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने बताए ।
प्रशिक्षक दिपकराज गिरीले एक वर्ष सम्म यहाँका खेलाडीहरुलाई निशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए । सो अवसरमा समाजसेवी रबि बराल तथा ईञ्जिनियर प्रकाश वाग्लेले टेवल टेनिस खेलका लागि चाहिने सामग्री ब्याट जाली तथा बल हस्तान्तरण गरेका थिए ।
श्री मोहरपानी आदर्श टोल विकाश संस्थाका अध्यक्ष श्रीराम सिग्देलले यस प्रकारका निर्माण एवं सहयोगहरुले पक्कै पनि स्थानियवासीमा खेलकुद प्रतिको चासो बढाउने जानकारी दिए । उनले कोर्ट निर्माण पछि विशेषगरी बालबालिकालाई खेलकूद प्रति आकर्षण थप्ने विश्वास लिए । सम्भवत साविक आर्वामा टेवल टेनिस खेलको कोर्ट यो नै पहिलो हो भन्दै उनले खेलकुद लगायत टोलमा हुने सबै प्रकारका सामाजिक गतिविधीमा टोलवासी लगायत सबैले चासो लिने, जिज्ञासा राख्ने अनि रचनात्मक सुझाव दिन आग्रह गरे । साथै उनले सहयोगी सबै प्रति स्वागत सहित धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका सचिव शिबराज बरालले सञ्चालन गरेका थिए ।