• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन आग्रह

" प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन आग्रह "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, असार २८, २०८१  

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

    संसद्‌मा ‘संविधान पक्षधर पार्टीहरू एकजुट हुन आग्रह गर्ने’ माओवादी मुख्य सचेतक हितराज पाण्डेले बताए। ‘हामी संविधान निर्माण, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीका लागि लडेको हौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संविधान पक्षधर सबै पक्षलाई एकताका लागि आग्रह गर्नुहुनेछ।’

    कांग्रेस एमालेले ‘राजनीतिक स्थायित्वका लागि संविधान संशोधनमा समझदारी’ लाई गोप्य राख्नु रहस्यमय भएको बताए। ‘संविधान संशोधनमा समझदारी गरी सङ्घीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रणालीबाट पछि हट्न खोजेको देखिन्छ’ उनले भने, ‘हामी संविधान रक्षाका लागि सबैलाई अपिल गर्छौ।’

    प्रचण्डले संसद्‌बाट विश्वासको मत लिन लिनुको पछाडि सरकारमा निर्माणमा संविधानको धारा ७६ को उपधारा ३ मा लग्ने दाउ रहेको कांग्रेस एमालेका नेताहरूले आरोप लगाउने गरेका छन्। प्रचण्डले बिहीबार माओवादी संसदीय दलका बैठकमा धारा ७६ को उपधारा २ कि ३ मा जाने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताएका थिए। धारा ७६ को उपधारा ३ मा ठूलो दलको हैसियतले सरकारको दाबी गर्ने प्रावधान छ।

    २०७९ को आम निर्वाचनपछि तीन गठबन्धनको प्रधानमन्त्री भएका प्रचण्डले डेढ वर्ष सरकारको नेतृत्व गर्ने मौका पाए। निर्वाचन परिणाम आएपछि चुनावमा कांग्रेससँग गठबन्धन त्यसपछि एमाले, राष्ट्रपति कसलाई बनाउने सम्बन्धमा कुरा नमिलेपछी फेरि कांग्रेस, सरकार संचालनमा कांग्रेससँग विवाद भएपछि गत फागुनमा एमालेसँग सत्ता समीकरण बनाएका थिए।

    असार १७ मा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। संसदीय दलको बैठकमा सहभागी माओवादी सांसद प्रधानमन्त्री प्रचण्डले सङ्घर्षमा जाने सङ्केत गरेको बताए।

    ‘हामी दायाँबायाँ नगरी मतदानमा जाने नै हो। संसद्‌मा मतदानमा जाने सङ्घर्षको आधार तयार पार्ने हो’ दाहालको भनाइ थियो, ‘दृढतापूर्वक अघि बढ्ने हो। संविधानको रक्षा परिवर्तनको पक्षधरलाई विश्वासको मत दिन अपिल गर्ने हो।’

    प्रचण्डले संसदबाट आफूले विश्वासको मत फेल भइसकेपछि सङ्घर्षका लागि तयारीमा रहन सांसदहरूलाई निर्देशन दिए।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.